एनपीएल : सुदूरपश्चिमसँग हार्याे विराटनगर

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । विराटनगर किंग्सविरुद्ध सानदार जीत निकाल्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) यात्राको सुरुवात गरेको छ ।

पहिलो खेलमा जनकपुरसँग पराजित भएको विराटनगर दोस्रो खेलमा टस जितेर फिल्डिङ रोजेको विराटनगरलाई सुदूरपश्चिमले १८३ रनको लक्ष्य दिएको थियो । विशाल लक्ष्य पछ्याएको विराटनगर किंग्स ९२ मै अलआउट भयो ।

विराटनगरका बसिर अहमदले २४, निकोलस किर्टोनले १५,क्रिस सोलेले १० र अनिल खरेलले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गर्याे ।

आक्रामक ब्याटिङ गरेको सुदूरपश्चिमले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्‍यो । विराटनगरविरुद्ध फराकिलो जीत निकाल्ने क्रममा अविनाश बोहोरा र स्कटले ३–३ विकेट लिए ।

यसअघि सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो । कप्तान दीपेन्द्रसिंह ऐरीले ५७ जोडेका थिए । विराटनगरका अनिल खरेलले तीन, क्रिस सोले, इस्मत अलाम र बसिर अहमेदले एक– एक विकेट लिए ।

प्रकाशित मिति: मङ्गलबार, १८ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.