लोकसेवाको तयारी छाडेर फार्म स्टेमा रमाएकी प्रभा (भिडियो)

Satya Sanchar सत्य सञ्चार

विराटनगर । धनकुटा जिल्लाको धनकुटा नगरपालिका– ४ देब्रेबासकी प्रभा पौडेल भट्टराई सरकारी जागिर खाने मनस्थीतिमा थिइन् । केही वर्ष उनले लोकसेवा आयोगको परीक्षा पनि दिइन् । तर तीन वर्षअघि उनको बाटो मोडियो, लोकसेवाको तयारी छाडेर उनले धनकुटाको देब्रेबासमा नुन्थला फार्म स्टे खोलिन् । अहिले उनी उदारणीय बन्ने अभियानमा छिन् ।

उनका श्रीमान शिक्षक हुन् । श्रीमानको सल्लाहमा सात वर्षअघि उनले कृषि फार्म दर्ता गरेकी थिइन् । त्यही फार्मलाई विकास गरेर फार्म स्टे बनाएकी हुन् । उनले बनाएको फार्म स्टेमा बस्नका लागि टाढाटाढाका पर्यटक आइपुग्छन् ।

पाहुनाको रुपमा आउने पर्यटकलाई उनी स्थानीय अर्गानिक उत्पादन दिन्छिन्, पाहुनाका लागि कुखुरा र बाख्रा फर्म पनि सञ्चालन गरिरहेकी छन् । पाहुनाको सत्कारका लागि उनले ४–५ जनालाई पार्टटाइम रोजगारी दिएकी छन् । एक जनालाई नियमित रोजगारी दिएकी छन् ।

तीन वर्षअघि सुरु भएको फार्म स्टेलाई प्रभाले विस्तार गरिरहेकी छन् । फार्म स्टे विस्तारका लागि उनलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले सहयोग गरिरहेको छ । उनी ९ वर्षअघि जीवन विकासको सदस्य बनेकी थिइन् । अध्ययनपछि जागिर खाने सोच त्यागेर उद्यमी बनेकी प्रभाले समाजमा उदारणीय बन्ने लक्ष्य राखेकी छन् ।

प्रकाशित मिति: बुधबार, ०५ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.