‘कुटुम बडी ग्यारेज’लाई विस्तार गरेकी सुमित्रा (भिडियाे)

Satya Sanchar सत्य सञ्चार

विराटनगर । झापाको दमक नगरपालिका– ४ की सुमित्रा शर्माका श्रीमान कुटुम दमक बजारमा गाडीको बडी ग्यारेज सञ्चालन गर्छन् ।

सुमित्राका श्रीमानले‘कुटुम बडी ग्यारेज सञ्चालन गर्न थालेको दुई दशक भयो, आफ्नो ग्यारेज सुरु गर्नुअघि उनी अरुकै ग्यारेजमा काम गर्थे ।

सानो लगानीबाट सुरु गरेको ग्यारेजलाई उनीहरुले विस्तार गरेका छन् । अहिले दमक बजारमा दुई वटा ग्यारेज खोलेका छन् । बजारमा खुलेको दुई वटा ग्यारेजमा आठ जनालाई नियमित रोजगारी दिएका छन् ।

कुटुम प्राविधिक हुन्, उनी गाडीको काम हेर्छन् । उनकी श्रीमती सुमित्रा ग्यारेजको अरु काम हेर्छिन् । नयाँ ग्यारेजको काम कान्छा छोराले हेरिरहेका छन् । बडी ग्यारेजबाट उनीहरुले राम्रो आर्थिक प्रगति गरेका छन् । व्यवसाय विस्तारसँगै सुमित्राले दमक बजारमा घर बनाएकी छन् ।

सुमित्राको प्रगतिको यात्रामा जीवन विकास लघुवित्त वित्तीय संस्थाले निरन्तर सहयोग गरिरहेको छ । उनी जीवन विकासको सदस्य भएको १६ वर्ष भयो । सदस्य भएदेखि जीवन विकासले ऋण सहयोग गरिरहेको हो ।

विगतमा घर खर्च धान्नका लागि ग्यारेजसँगै सुमित्राले होटल सञ्चालन गरिन् । घरमा पशुपालन पनि गरिन् । छोराछोरी हुर्किएपछि उनले होटल छाडिन, अहिले उनी घरको कामसँगै ग्यारेजको हिसाबकिताब हेर्छिन् ।

उनको ग्यारेजमा टाढा टाढाबाट गाडी मर्मतका लागि आउँछन् । ‘कुटुम बडी ग्यारेज भन्ने वितिकै फेमस छ, टाढाटाढाबाट गाडी बनाउनका लागि आउनुहुन्छ,’ उनले भनिन् ,‘ हाम्रोमा काम पनि धेरै राम्रो हुन्छ ।’

उनको ग्यारेजमा बडी बनाउनका लागि ठूला गाडी पुग्छन् । उनी गाडी धनीले भनेजस्तै गाडी तयार गरेर दिन्छन् । बडी ग्यारेजलाई थप विस्तार गर्दै लैजाने उनको योजना छ ।

प्रकाशित मिति: मङ्गलबार, २७ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.