सञ्जयकुमार सरदार : हिजो मजदुर, आज उद्यमी (भिडियो)

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको धनपालथान गाउँपालिका– ५ का सञ्जयकुमार सरदारको बाल्यकाल कष्टकर रुपमा वित्यो, दुई छाक जुटाउन मुस्किल भएपछि उनले सानै उमेरबाट मजदुरी गरे । स्कुल पढ्दापढ्दै घर बनाउने निर्माण काममा खटिए, सञ्जयले पाएको हाजिराले घर चलाउन सहज भयो ।

लेबर मजदुरी गर्दैगर्दा उनी काम सिकेर मिस्त्री बने । गरिबीका कारण बाल्यकालमै घर बनाउने मिस्त्री बनेका उनले १७ वर्षको उमेरमा आफ्नै व्यवसाय सुरु गरे । उनले निर्माण व्यवसाय सुरु गरेको १२ वर्ष भयो ।

१२ वर्षअघि गुजारा गर्न मजदुरी गर्ने सञ्जय हिजोआज ३०–३५ जनालाई नियमित रोजगारी दिन्छन् । रोजगारी पाउनेको संख्या सिजन अनुसार बढ्छ । आफ्नै व्यवसाय सुरु गरेपछि रोजगारी दिन सम्भव भएको हो ।

मजदुरबाट रोजगारदाता बनेका सञ्जयको प्रगतिमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको सहयोग छ । उनलाई व्यवसाय सुरु गर्दा जीवन विकासले ऋण सहयोग गरेको थियो । घर निर्माण र जग्गा खरिद गर्दा पनि जीवन विकासले सहयोग गरेको उनी बताउँछन् ।

निर्माणको काम सुरु गर्दा उनले जीवन विकासको सहयोगमा निर्माण सामग्री जोडेका थिए । त्यसपछि मेसिनरी औजार जोडे । सञ्जयले खेतीका लागि गाउँमा धानखेत जोडेका छन् । दुई तल्ले पक्की घर पनि बनाएका छन् ।

ठेक्का लिएर संरचना निर्माणका लागि उनी विराटनगरसहित विभिन्न ठाउँमा पुग्छन्् । निर्माणको जिम्मेवारी पाएको साइटमा रोजगारीका लागि गाउँकै युवालाई प्राथमिकता दिएका छन् । विगत सम्झदै सञ्जय भन्छन् ‘हिजो अहिले के खाने भरे खाने भन्ने अवस्था थियो, लेबर काम गर्दागर्दै मिस्त्री बने, मिस्त्री बनेर काम गरेपछि आफै ठेक्कापट्टा लिएर काम गर्न थाले, ठेक्कापट्टाको काममा मलार्इ जीवन विकासको ठूलो सपोर्ट छ ।’

सञ्जयकी श्रीमती उसा सरदार जीवन विकासको सदस्य छिन् । श्रीमती भन्दा अगाडि आमा शान्तिदेवी सरदार जीवन विकासको सदस्य थिइन् ।

बाल्यकालमै निर्माण व्यवसायी बनेका सञ्जयले आफ्नो क्षेत्र विस्तार गरेका छन् । निजी र सरकारी संरचना निर्माणको जिम्मा लिएर काम गर्छन् । सरदार निर्माण सेवा काम गरिरहेका उनले व्यवसायलाई थप विस्तार गरिरहेका छन् ।

प्रकाशित मिति: सोमबार, १२ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.