विराटनगर । स्पेनिस ला लागिमा बार्सिलोनाले रियल म्याड्रिडमाथि ४– ० को शानदार जित निकालेको छ । एल क्लासिको भनिने दुई टोलीबीचको खेलमा जितसँगै बार्सिलोनाले ६ अङ्कको अग्रता बनाएको छ ।
शीर्ष स्थानको बार्सिलोनाको ११ खेलमा ३१ र समान खेल खेलेको रियलको २४ अङ्क छ। भिल्लारियलको २१ अङ्क छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाको जितका लागि रोबर्ट लेडवास्कीले दुई गोल गरे ।
५४ औँ मिनेटमा मार्क कासाडोको थ्रो पासमा लेडवास्कीले पहिलो गोल गरेका थिए। त्यसको दुई मिनेटपछि नै उनले अलेजान्द्रो बाल्डेको क्रसमा हेड मार्फत गोल गरे।
१७ वर्षीय लामिन यमालले ७७ औँ मिनेटमा गोल गरे । उनी एल क्लासिकोमा गोल गर्ने सबै भन्दा कान्छो खेलाडी समेत बने । ब्राजिलियन स्टार राफिन्हाले ८४ औँ मिनेटमा गोल गरे ।
शनिबार राति भएको खेलमा भिल्लारियलले रियल भालाडोलिडलाई २–१ ले, लास पल्मासले गिरोनालाई १–० ले तथा रायो भल्काननोले डेपोर्टिभो अल्भासलाई १–० ले पराजित गरेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)