अर्जेन्टिनाको जितमा मेस्सीको सानदार ह्याट्रिक

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कप्तान लियोनल मेस्सीले ह्याट्रिक गर्दा अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको छ ।

फिफा विश्वकप २०२६ को दक्षिण अमेरिका छनोट अन्तरगत बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ६–० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा कप्तान मेस्सीले ह्याट्रिक गरे । उनले १९, ८४ र ८६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । थियागो अल्मडा, जुलियन अल्भारेज र लौटरो मार्टिनेजले १–१ गोल गरे ।

खेलको १९ औं मिनेटमा कप्तान मेस्सीले अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । मार्टिनेजले ४३औं मिनेटमा दोस्रो गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई ३–० मा पुर्याए ।

खेलको ६९औं मिनेटमा गोल गर्दै अल्मडाले गोल गरे । मेस्सीले ८४ औं र ८६औं मिनेटमा गोल गरे ।

अर्जेन्टिना १० खेलमा २२ अंकका साथ शीर्ष स्थानमा छ ।

प्रकाशित मिति: बुधबार, ३० असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
काजकिरिया सकेकाे छाेरा टुप्लुक्क घरमा पुगेपछि…
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.