विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक अवस्था कमजोर भएका १२ परिवारलाई सिटी सफारी हस्तान्तरण गरेको छ ।
अरुको सफारी भाडमा कुदाउने र मजदुरी गरेर गुजारा गरिरहेको १२ परिवारलाई स्वरोजगार बनाउने अभियान अन्तरगत सिटी सफारी हस्तान्तरण गरेको हो ।
विराटनगर महानगरपालिका– १२ मा आयोजित कार्यक्रममा जीवन विकास लघुवित्तको उद्यमशीलता विकास विभाग प्रमुख मनोज शर्माले सिटी सफारी हस्तान्तरण गरे । आर्थिक अवस्था कमजोर भएका व्यक्तीलाई स्वरोजगार बनाउनका लागि सिटी सफारी हस्तान्तरण गरिएको शर्माले जानकारी दिए ।
रिक्सा वितरणका लागि गणपती पिजी एण्ड सप्लायर्सले सहजीकरण गरेको थियो । गत असोज १६ गते पनि विराटनगर महानगरपालिका– २ तिनपैनीमा जीवन विकासले १० परिवारलाई सिटी सफारी हस्तान्तरण गरेको थियो ।
२४ जिल्लामा १६० वटा शाखा कार्यालय मार्फत विपन्न परिवारलाई घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले उद्यमशीलता विकास अभियान अन्तरगत २ हजार ५ सय भन्दा बढी परिवारलाई सिटी सफारी उपलब्ध गराएर स्वरोजगार बनाइसकेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,540)
जीवन विकासले बोलायो साधारणसभा (1,488)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,453)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,407)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,357)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,266)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (708)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (676)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (667)