विराटनगरका १२ परिवारलाई विद्युतिय रिक्सा हस्तान्तरण

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक अवस्था कमजोर भएका १२ परिवारलाई सिटी सफारी हस्तान्तरण गरेको छ ।

अरुको सफारी भाडमा कुदाउने र मजदुरी गरेर गुजारा गरिरहेको १२ परिवारलाई स्वरोजगार बनाउने अभियान अन्तरगत सिटी सफारी हस्तान्तरण गरेको हो ।

विराटनगर महानगरपालिका– १२ मा आयोजित कार्यक्रममा जीवन विकास लघुवित्तको उद्यमशीलता विकास विभाग प्रमुख मनोज शर्माले सिटी सफारी हस्तान्तरण गरे । आर्थिक अवस्था कमजोर भएका व्यक्तीलाई स्वरोजगार बनाउनका लागि सिटी सफारी हस्तान्तरण गरिएको शर्माले जानकारी दिए ।

रिक्सा वितरणका लागि गणपती पिजी एण्ड सप्लायर्सले सहजीकरण गरेको थियो । गत असोज १६ गते पनि विराटनगर महानगरपालिका– २ तिनपैनीमा जीवन विकासले १० परिवारलाई सिटी सफारी हस्तान्तरण गरेको थियो ।

२४ जिल्लामा १६० वटा शाखा कार्यालय मार्फत विपन्न परिवारलाई घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले उद्यमशीलता विकास अभियान अन्तरगत २ हजार ५ सय भन्दा बढी परिवारलाई सिटी सफारी उपलब्ध गराएर स्वरोजगार बनाइसकेको छ ।

प्रकाशित मिति: सोमबार, २१ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
© 2024 Satyasanchar. All Rights Reserved.