क्यानडा भ्रमण : ओडीआईमा नेपाललाई १ अंक मात्रै, अब टी –२० सिरिज खेल्ने

Satya Sanchar सत्य सञ्चार

विराटनगर । आईसीसी विश्वकप लिग – २ अन्तरगत क्यानडा भ्रमणमा रहेको नेपालले चार खेलको सिरिजमा जम्मा १ अंक जोडेको छ । तीन खेलमा पराजित भएको नेपालले अन्तिम खेल रद्द भएपछि १ अंक पाएको हो ।

सिरिजको अन्तिम खेल ओमनसँग खेल्ने कार्यतालिका थियो । खेल नेपाली समय अनुसार हिजो राति ८ :४५ मा क्यानडाको किंग सिटीमा सुरु हुनुपर्ने थियो । तर क्यानडामा वर्षा हुँदा खेल रद्द भएको हो ।

लिग २ अन्तरगतकाे एक दिवशीयमा नेपाल पहिलो खेलमा क्यानडासँग १०३, दोस्रो खेलमा ओमानसँग १ विकेट र तेस्रो खेलमा क्यानडासँग ५ विकेटले पराजित भएको थियो ।

अब नेपाल, क्यानडा र ओमानबीच त्रिकोणात्मक टी–२० सिरिज हुनेछ ।

लिग २ मा नेपाल ८ खेलमा ३ अंकका साथ सातौं स्थानमा छ । ओमान ७ खेलमा २ मा जितका साथ ६ अंक जोड्दै छैटौं स्थानमा छ । क्यानडा ११ खेलमा १४ अंकका साथ शीर्ष स्थानमा छ ।

प्रकाशित मिति: बुधबार, ०९ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.