विराटनगर । आईसीसी विश्वकप लिग – २ अन्तरगत क्यानडा भ्रमणमा रहेको नेपालले चार खेलको सिरिजमा जम्मा १ अंक जोडेको छ । तीन खेलमा पराजित भएको नेपालले अन्तिम खेल रद्द भएपछि १ अंक पाएको हो ।
सिरिजको अन्तिम खेल ओमनसँग खेल्ने कार्यतालिका थियो । खेल नेपाली समय अनुसार हिजो राति ८ :४५ मा क्यानडाको किंग सिटीमा सुरु हुनुपर्ने थियो । तर क्यानडामा वर्षा हुँदा खेल रद्द भएको हो ।
लिग २ अन्तरगतकाे एक दिवशीयमा नेपाल पहिलो खेलमा क्यानडासँग १०३, दोस्रो खेलमा ओमानसँग १ विकेट र तेस्रो खेलमा क्यानडासँग ५ विकेटले पराजित भएको थियो ।
अब नेपाल, क्यानडा र ओमानबीच त्रिकोणात्मक टी–२० सिरिज हुनेछ ।
लिग २ मा नेपाल ८ खेलमा ३ अंकका साथ सातौं स्थानमा छ । ओमान ७ खेलमा २ मा जितका साथ ६ अंक जोड्दै छैटौं स्थानमा छ । क्यानडा ११ खेलमा १४ अंकका साथ शीर्ष स्थानमा छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)