विश्वकप क्रिकेट लिग– २ को दोस्रो खेलमा पनि नेपाल पराजित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग– २ को त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । ओमानसँग १ विकेटले पराजित भएको हो । लिगमा नेपालको यो पाँचौं हार हो ।

नेपाल, ओमान र क्यानडाबीच जारी सिरिजमा नेपालले अघिल्लो खेलमा घरेलु टोलीसँग पनि हार बेहोरेको थियो।

बिहीबार नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले अन्तिम बल बाँकी छदा ९ विकेटको क्षतिमा पूरा गर्दै रोमाञ्चक जित निकाल्यो ।

अन्तिम दुई ओभरमा ओमानलाई १० रन चाहिएको थियो भने एक विकेट मात्र बचेको थियो ।

क्यानडाको ओन्टेरियोस्थित किंग सिटीको मेपल लिफ नर्थ–वेस्ट मैदानमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २२० रन जोड्यो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ६० रन जोडे। उनले ७२ बल खेल्दा २ चौका र ४ छक्का प्रहार गरे। यस्तै गुल्सन झाले ३५ बलमा ५३ रनको योगदान दिए । सोमपाल कामीले ८ बलमा २ छक्का प्रहार गर्दै जोडेको २० रनले नेपालले २ सय रन कटायो ।

नेपालले खेलमा सुरुवात भने राम्रो गर्न सकेन । कुशल भुर्तेलको स्थानमा ओपनिङको मौका पाएका अर्जुन साउदले ५ रन मात्र जोड्न सके । अर्का ओपनर आसिफ शेख ११ रनमा आउट भए । भीम सार्कीले पनि ११ रन मात्र जोड्न सके।

आरिफ शेखले ८८ बल खेल्दा ३५ रन बनाउन सके । अनिलकुमार साहले ३ रन जोडेर आउट भए। सन्दीप लामिछाने ११ रन र करण केसी १ रन जोडे ।

प्रकाशित मिति: बिहिबार, ०३ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.