विकेभीएम र अरनिकोले जित्यो विराटनगर बास्केटबलको उपाधि

Satya Sanchar सत्य सञ्चार

विराटनगर। पाचौं संस्करणको विद्यालयस्तरीय ‘विराटनगर बास्केटबल कप’को उपाधि विकेभीएम र अरनिको स्कुलले जितेको छ ।

एभरेष्ट स्कुलको बास्केटबल कोर्टमा आइतबार भएको फाइनलमा पुरुषतर्फ विकेभीएम र महिलातर्फ अरनिको स्कुलले उपाधि जितेको हो ।

विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा भदौ ९ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको प्रतियोगिताको पुरुषतर्फको फाइनल खेलमा विकेभीएमले सगरमाथा स्कुललाई ५६ ÷ ३५ अंकले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगितामा एभरेष्ट स्कुल तेस्रो भयो ।

महिलातर्फ अरनिकोले विकेभीएम स्कुललाई २६÷२४ अंकले पराजित गर्दै उपाधि जितेको छ। महिला तर्फ पनि एभरेष्ट स्कुल तृतीय भएको छ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुषतर्फ विकेभीएमका आकाश यादव र महिलातर्फ अरनिको स्कुलकी नोभा ओझा घोषित भए । उनीहरुले ट्रफी र दुई हजार ५ सय रुपैया नगद पुरस्कार पाए । सगरमाथाका नविन मेहेता र महिलातर्फ विकेभीएमकी गीता खड्का उदयमान खेलाडी घोषित भए । डिफेन्सीप खेलाडी सगरमाथाका आलोक यादव र एभरेष्ट स्कुलकी आयुषा भेटवाल घोषित भए ।

प्रतियोगिताको विजेता र उपविजेतालाई ट्रफी, मेडल र प्रमाण पत्र नेपाल बास्केटबल संघको केन्द्रीय उपाध्यक्ष विनायक कान्त पन्त, मोरङ बास्केट बल संघका उपाध्यक्ष अनिल राई,तेजराज गिरी,नवनित प्रधान,सरोज बस्नेत,सागर ढुंगाना, अनुभव दाहाललगायतले वितरण गरेका थिए ।

कार्यक्रम संयोजक दिपेश कटवालका अनुसार, यस वर्षको प्रतियोगितामा पुरुषतर्फ ६ वटा र महिलातर्फ ५ वटा टिम सहभागी थिए ।

प्रकाशित मिति: सोमबार, ३१ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.