विराटनगर। पाचौं संस्करणको विद्यालयस्तरीय ‘विराटनगर बास्केटबल कप’को उपाधि विकेभीएम र अरनिको स्कुलले जितेको छ ।
एभरेष्ट स्कुलको बास्केटबल कोर्टमा आइतबार भएको फाइनलमा पुरुषतर्फ विकेभीएम र महिलातर्फ अरनिको स्कुलले उपाधि जितेको हो ।
विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा भदौ ९ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको प्रतियोगिताको पुरुषतर्फको फाइनल खेलमा विकेभीएमले सगरमाथा स्कुललाई ५६ ÷ ३५ अंकले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगितामा एभरेष्ट स्कुल तेस्रो भयो ।
महिलातर्फ अरनिकोले विकेभीएम स्कुललाई २६÷२४ अंकले पराजित गर्दै उपाधि जितेको छ। महिला तर्फ पनि एभरेष्ट स्कुल तृतीय भएको छ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुषतर्फ विकेभीएमका आकाश यादव र महिलातर्फ अरनिको स्कुलकी नोभा ओझा घोषित भए । उनीहरुले ट्रफी र दुई हजार ५ सय रुपैया नगद पुरस्कार पाए । सगरमाथाका नविन मेहेता र महिलातर्फ विकेभीएमकी गीता खड्का उदयमान खेलाडी घोषित भए । डिफेन्सीप खेलाडी सगरमाथाका आलोक यादव र एभरेष्ट स्कुलकी आयुषा भेटवाल घोषित भए ।
प्रतियोगिताको विजेता र उपविजेतालाई ट्रफी, मेडल र प्रमाण पत्र नेपाल बास्केटबल संघको केन्द्रीय उपाध्यक्ष विनायक कान्त पन्त, मोरङ बास्केट बल संघका उपाध्यक्ष अनिल राई,तेजराज गिरी,नवनित प्रधान,सरोज बस्नेत,सागर ढुंगाना, अनुभव दाहाललगायतले वितरण गरेका थिए ।
कार्यक्रम संयोजक दिपेश कटवालका अनुसार, यस वर्षको प्रतियोगितामा पुरुषतर्फ ६ वटा र महिलातर्फ ५ वटा टिम सहभागी थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)