विश्वकप क्रिकेट लिग २ :क्यानडासँग खेल्दै नेपाल

Satya Sanchar सत्य सञ्चार

विराटनगर । आईसीसी विश्वकप क्रिकेट लिग २ मा आज नेपालले क्यानडासँग खेल्दैछ । क्यानडा भ्रमणमा रहेको नेपालले घरेलु टोली क्यानडासँग आज राति ११:४५ मा खेल्नेछ ।

 गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लिग– टु कै ओडीआई खेलमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै छ ।

सात महिनापछि मैदानमा उत्रन लागेको नेपालका लागि ओमान र क्यानडाविरुद्धको त्रिकोणात्मक सिरिज निकै महत्वपूर्ण हुने छ ।

क्यानडापछि नेपालले स्कटल्यान्ड र अमेरिकासम्मिलित अर्को लिग टु सिरिजका लागि अमेरिका भ्रमणमा निस्कने छ ।

भारत र श्रीलंकामा गरेको तयारी, टी–२० विश्वकपमा दक्षिण अफ्रीका र बंगलादेशविरुद्ध गरेको शानदार प्रदर्शन तथा उच्च मनोबल सहित नेपाली राष्ट्रिय क्रिकेट टोली यतिखेर शतप्रतिशत नतिजा हात पार्ने लक्ष्यकासाथ क्यानडा भ्रमणमा छ ।

 

प्रकाशित मिति: सोमबार, ३१ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.