विश्वकप क्रिकेट लिग २ :क्यानडासँग खेल्दै नेपाल

Satya Sanchar सत्य सञ्चार

विराटनगर । आईसीसी विश्वकप क्रिकेट लिग २ मा आज नेपालले क्यानडासँग खेल्दैछ । क्यानडा भ्रमणमा रहेको नेपालले घरेलु टोली क्यानडासँग आज राति ११:४५ मा खेल्नेछ ।

 गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लिग– टु कै ओडीआई खेलमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै छ ।

सात महिनापछि मैदानमा उत्रन लागेको नेपालका लागि ओमान र क्यानडाविरुद्धको त्रिकोणात्मक सिरिज निकै महत्वपूर्ण हुने छ ।

क्यानडापछि नेपालले स्कटल्यान्ड र अमेरिकासम्मिलित अर्को लिग टु सिरिजका लागि अमेरिका भ्रमणमा निस्कने छ ।

भारत र श्रीलंकामा गरेको तयारी, टी–२० विश्वकपमा दक्षिण अफ्रीका र बंगलादेशविरुद्ध गरेको शानदार प्रदर्शन तथा उच्च मनोबल सहित नेपाली राष्ट्रिय क्रिकेट टोली यतिखेर शतप्रतिशत नतिजा हात पार्ने लक्ष्यकासाथ क्यानडा भ्रमणमा छ ।

 

प्रकाशित मिति: सोमबार, ३१ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.