रोनाल्डोले ९०१ औं गोल गर्दा पोर्चुगलको जित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । क्रिस्टियानो रोनाल्डोले फुटबल करियरको ९०१ औं गोल गर्दा पोर्चुगलले स्कटल्यान्डमाथि जित निकालेको छ ।

यूईएफए नेसन्स लिग लिग ए अन्तर्गत समूह एकको खेलमा स्कटल्यान्डमाथि २–१ को जित निकालेको हो । पाेर्चुगलकाे जितमा रोनाल्डोले ८८ औं मिनेटमा निर्णायक गोल गरे । योसँगै उनले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १३२ मा पुर्‍याएका छन् ।

बिहीबार क्रोएसियामाथि २–१ को जित निकाल्दा रोनाल्डोले आफ्नो करियरको ९००औं गोल पूरा गरेका थिए ।

स्कट म्याकटोमिनेले सातौं मिनेटमा गोल गर्दै स्कटल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा ब्रुनो फर्नान्डेजले बराबरी गोल फर्काएका थिए ।

रोनाल्डो ८८औं मिनेटमा गोल गर्दै पोर्चुगललाई जित दिलाएका हुन् ।

रोनाल्डोले ९ सय १ गोलको कीर्तिमानका लागि स्पोर्टिङ लिस्बनबाट ५, म्यानचेस्टर युनाइटेडबाट १ सय ४५, रियल म्याड्रिडबाट ४ सय ५०, युभेन्टसबाट १ सय १ र साउदी अरबको अल नासरबाट ६८ गोल गरेका थिए ।

प्रकाशित मिति: सोमबार, २४ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.