रोनाल्डोले ९०१ औं गोल गर्दा पोर्चुगलको जित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । क्रिस्टियानो रोनाल्डोले फुटबल करियरको ९०१ औं गोल गर्दा पोर्चुगलले स्कटल्यान्डमाथि जित निकालेको छ ।

यूईएफए नेसन्स लिग लिग ए अन्तर्गत समूह एकको खेलमा स्कटल्यान्डमाथि २–१ को जित निकालेको हो । पाेर्चुगलकाे जितमा रोनाल्डोले ८८ औं मिनेटमा निर्णायक गोल गरे । योसँगै उनले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १३२ मा पुर्‍याएका छन् ।

बिहीबार क्रोएसियामाथि २–१ को जित निकाल्दा रोनाल्डोले आफ्नो करियरको ९००औं गोल पूरा गरेका थिए ।

स्कट म्याकटोमिनेले सातौं मिनेटमा गोल गर्दै स्कटल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा ब्रुनो फर्नान्डेजले बराबरी गोल फर्काएका थिए ।

रोनाल्डो ८८औं मिनेटमा गोल गर्दै पोर्चुगललाई जित दिलाएका हुन् ।

रोनाल्डोले ९ सय १ गोलको कीर्तिमानका लागि स्पोर्टिङ लिस्बनबाट ५, म्यानचेस्टर युनाइटेडबाट १ सय ४५, रियल म्याड्रिडबाट ४ सय ५०, युभेन्टसबाट १ सय १ र साउदी अरबको अल नासरबाट ६८ गोल गरेका थिए ।

प्रकाशित मिति: सोमबार, २४ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.