एनपीएल : क्यानले १६ करोड ८८ लाख ९३ हजारमा बेच्यो आठ टोली

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा फ्रेन्चाइज सबैभन्दा महंँगोमा बिक्री भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले खुला बिडिङ गर्दा पोखरा सबैभन्दा महंगो मूल्यमा बिक्री भएको हो । पोखरा महंँगोमा बिक्री हुँदा कर्णाली न्यून मूल्यमा बिक्री भएको छ ।

नेपाल टी–२० प्रा।लिले ३ करोड ५७ लाखमा पोखराको फ्रेन्चाइजी खरिद गरेको छ । काठमाडौंको फ्रेन्चाइजी कान्तिपुर पब्लिकेसन्सले ३ करोड ३३ लाख ३३ हजार ३३९ लिएको छ ।

जनकपुरको फ्रेन्चाइजी ड्रिम्स स्पोर्टस २ करोड ५ लाखमा लिएको छ । विराटनगरको फ्रेन्चाइजी एमएडी ड्रिम्स स्पोर्टसले १ करोड ५१ लाख रुपैयाँमा पाएको छ ।

लुम्बिनीको फ्रेन्चाइजी फर्टुना हेल्थ केयरले १ करोड ८६ लाख ४ रुपैयाँमा लिएको छ । सुदूरपश्चिमको फ्रेन्चाइजी इम्पायर स्पोटर्सले १ करोड ६८ लाख ८८ हजार ८८८ खरिद गरेको छ ।

चितवनको फ्रेन्चाइजी चितवन मेडिकल कलेजले १ लाख ७६ लाख एक हजार रुपैयाँ र कर्णालीको फ्रेन्चाइजी हिमालयन बिल्डर्सले १ करोड ११ लाख ७० हजारमा खरिद गरेको छ ।

मंसिर १५ देखि ६ पुससम्म एनपीएल हुँदैछ । एनपीएलमा ८ टिम सहभागी हुनेछन् । खुला बिडिङमार्फत ८ वटा फ्रेन्चाइजी बिक्री गर्दा नेपाल क्रिकेट संघ क्यानले १६ करोड ८८ लाख ९३ हजार २३१ रुपैयाँ पाएको छ ।

प्रकाशित मिति: शुक्रबार, २१ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.