विराटनगर । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल भाल्लाडोलिडमाथि ७–० को जित निकालेको छ । बार्सिलोनको जितमा राफिन्हाले ह्याट्रिक गर्दा रोवर्ट लेवान्डोस्की, जुल्स कुन्डे, डानी ओल्मो र फेरान टोरेसले एक–एक गोल गरे ।
घरेलु मैदानमा भएको खेलको २०औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि नै लेवान्डोस्कीले अग्रता दोब्बर पारे । जुल्स कोन्डे पहिलो हाफको इन्जुरी समयमा गोल गर्दा बार्सिलोनाले ३–० को अग्रता बनायो ।
६४औं मिनेटमा राफिन्हाले लेवान्डोस्कीको पासमा व्यक्तिगत दोस्रो गोल गरे ।
७२औं मिनेटमा राफिन्हाले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले ५–० को अग्रता बनायो । त्यसपछि ओल्मोले ८२औं र फेरान टोरेसले ८५औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले फराकिलो अन्तरले जित निकालेको हो ।
नयाँ सिजनमा राम्रो सुरुवात गरेको बार्सिलोनाको यो लगातार चौथो जित हो । चार खेलबाट १२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमै आसिन छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)