विराटनगर । नेपाली राष्ट्रीय फुटबल टोलीकी सदस्य रेखा पौडेलको निर्णायक गोलमा यूएईको अबुधाबी कन्ट्री एएफसी महिला च्याम्पियन्स लिगको अन्तिम चरणमा पुगेको छ ।
प्रारम्भिक चरण अन्तर्गत समूह ए को अन्तिम खेलमा रेखाको निर्णयक गोलमा अबुधाबीले साउदी अरेबियाको अल नासेरलाई १–० ले पराजित गर्दै अन्तिम चरणमा प्रवेश गरेको हो ।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी रेखाले ६८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् र त्यही गोल नै जितमा निर्णायक बन्यो ।
समूह चरणमा सबै तीन खेल जित्दै रेखा सम्मिलित अबुधाबी पहिलोपटक भइरहेको एएफसी महिला च्याम्पियन्स लिगको अन्तिम चरणमा प्रवेश गरेको हो ।
यसअघि रेखाले पहिलो खेलमा लाओसको योङ एलिफन्ट्सविरुद्ध पनि गोल गरेकी थिइन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)