विराटनगर । ओडिआई क्रिकेट वरियतामा नेपालको १ स्थान माथि उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको पछिल्लो वरियताक्रममा नेपाल १६औं स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७ औं स्थानमा थियो । क्यानडा वरियतामा २ स्थान तल झरेको छ ।
क्यानडाले यूएईमा केही महिना अघि भएको लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा शतप्रतिशत नतिजा निकाल्दै नेपाललाई वरियतामा पछि पारेको थियो ।
नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक सिरिजको चारै खेलमा पराजित भएपछि क्यानडाको वरियता खस्किएको हो । क्यानडा १८औं स्थानमा छ ।
एसोसिएट तर्फको शीर्ष स्थानमा स्कटल्यान्ड रहेको छ । नेपाल भन्दा अघि एसोसिएट राष्ट्रमा स्कटल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन् । ओडिआई वरियताको शीर्ष स्थानमा भारत, दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा दक्षिण अफ्रिका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)