३४ अंकले घट्यो नेप्से, २८ अर्ब २३ करोडको कारोबार

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सेयर बजारको मापन परिसूचक नेप्से ३४.४७ अंक घटेको छ । साताको पहिलो दिन आइतबार अघिल्लो दिनको ३ हजार अंकबाट झरेर २९६६ अंकमा पुगेको हो ।

बजार घटे पनि कारोबार रकम भने बढेको छ । आइतबार २८ अर्ब ८३ करोडको कारोबार भएको छ । बिहीबार हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको भएको थियो ।

आज ४७ कम्पनीको मूल्य बढ्दा १९७ को घटेको छ । बैंकिङ ०.८४ तथा निर्जीवन बीमा ०.४६ प्रतिशतले बढेको छ ।

विकास बैंक २.२५, फाइनान्स २.७९, होटल तथा पर्यटन ४.४९, हाइड्रोपावर ३.७४, उत्पादन २.५८, माइक्रोफाइनान्स ०.३१, अन्य ३ र व्यापार समूह १.३२ प्रतिशत घटेको छ ।

राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मल्टिपर्पस फाइनान्स, सम्पदा लघुवित्त र लिबर्टी इनर्जीको मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै रिलायन्स फाइनान्सको ६.९, उन्नति सहकार्यको ६.६, कर्णाली विकास बैंकको ५.२, नागरिक लगानी कोषको ४.७, बुटवल पावरको ४.६ प्रतिशत मूल्य बढेको छ ।

प्रकाशित मिति: आइतबार, ०२ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.