३४ अंकले घट्यो नेप्से, २८ अर्ब २३ करोडको कारोबार

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सेयर बजारको मापन परिसूचक नेप्से ३४.४७ अंक घटेको छ । साताको पहिलो दिन आइतबार अघिल्लो दिनको ३ हजार अंकबाट झरेर २९६६ अंकमा पुगेको हो ।

बजार घटे पनि कारोबार रकम भने बढेको छ । आइतबार २८ अर्ब ८३ करोडको कारोबार भएको छ । बिहीबार हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको भएको थियो ।

आज ४७ कम्पनीको मूल्य बढ्दा १९७ को घटेको छ । बैंकिङ ०.८४ तथा निर्जीवन बीमा ०.४६ प्रतिशतले बढेको छ ।

विकास बैंक २.२५, फाइनान्स २.७९, होटल तथा पर्यटन ४.४९, हाइड्रोपावर ३.७४, उत्पादन २.५८, माइक्रोफाइनान्स ०.३१, अन्य ३ र व्यापार समूह १.३२ प्रतिशत घटेको छ ।

राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मल्टिपर्पस फाइनान्स, सम्पदा लघुवित्त र लिबर्टी इनर्जीको मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै रिलायन्स फाइनान्सको ६.९, उन्नति सहकार्यको ६.६, कर्णाली विकास बैंकको ५.२, नागरिक लगानी कोषको ४.७, बुटवल पावरको ४.६ प्रतिशत मूल्य बढेको छ ।

प्रकाशित मिति: आइतबार, ०२ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
काजकिरिया सकेकाे छाेरा टुप्लुक्क घरमा पुगेपछि…
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.