पेरिस ओलम्पिक : कसले कति जिते पदक ?

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पेरिस ओलम्पिक २०२४ मा अमेरिका पहिलो भएको छ । ओलम्पिकमा अमेरिका र चीन को अगाडि भन्ने प्रतिस्पर्धा थियो । अन्तिम दिन अमेरिकाले बाजी मारेकाे हाे ।

अमेरिका र चीनले समान ४० स्वर्ण जितेको थियो । तर रजत पदक धेरै जितेको आधारमा अमेरिका पहिलो बनेको हो ।

पहिलो रहेको अमेरिकाले ४० स्वर्ण ४४ रजत र ४२ कांस्य सहित १२६ पदक जित्दा दोस्रो स्थानमा रहेको चीनले ४० स्वर्ण २७ रजत र २४ कांस्यसहित ९१ पदक जितेको छ ।

जापान पदक तालिकामा तेस्रो भयो । जापानले २० स्वर्ण १२ रजत र १३ कांस्यसहित ४५ पदक जितेको छ ।

चौथो स्थानमा रहेको अष्ट्रेलिया १८ स्वर्ण १९ रजत र १६ कांस्य ५३ पदक जितेको छ । आयोजक फ्रान्स भने १६ स्वर्ण २६ रजत र २२ कांस्यसहित पाँचौँ स्थानमा छ । पेरिस ओलम्पिकमा २०६ राष्ट्र सहभागी भएका थिए । जसमा ९१ राष्ट्रले पदक जितेका थिए ।

प्रकाशित मिति: सोमबार, २८ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.