एसिया कपमा नेपालको पहिलो कीर्तिमानी जित

Satya Sanchar सत्य सञ्चार
Samjhana Khadka of Nepal during the ACC Women's T20 Asia Cup 2024 match between UAE and Nepal at the Rangiri Dambulla International Cricket Stadium, Dambulla, Sri Lanka, on July 19, 2024. Photo Credit : Deepak Malik / Asian Cricket Council / CREIMAS RESTRICTED TO EDITORIAL USE

काठमाडौँ । नेपालले एसीसी वुमन्स एसिया कपको उद्घाटन खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको छ । यो एसिया कपमा नेपालकाे पहिलो जित हो ।

यसअघि खेलेका सबै खेल नेपालले हारेको थियो । एसिया कपमा नेपालले पहिलो जित दर्ता गर्दा ४ कीर्तिमान बनाएका छन् ।

११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपाललाई जिताउन ओपनर सम्झना खड्काले ४५ बलमा ११ चौकासहित ७२ रनको अविजित इनिङ खेलिन् । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । ११६ रन नेपाली महिला टोलीले टी २० आईमा पूरा गरेको हालसम्मको ठूलो हो ।

नेपालको एसियाको दुई संस्करणमा कूल ८ खेल खेल्दा सबै खेल हारेको थियो । सन् २०१२ मा नेपाल श्रीलंकासँग २० रन, बंगलादेशसँग ९ विकेट र घरेलु टोली चीनसँग ४५ रनले पराजित भएको थियो ।

सन् २०१६ मा पाकिस्तानसँग ९ विकेट, श्रीलंकासँग ८ विकेट, बंगलादेशसँग ९२ रन, थाइल्यान्डसँग ८ विकेट र भारतसँग ९९ रनले पराजित भएको थियो ।

सम्झना नेपालबाट महिला टी २० एसियाकपमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छन् । सम्झना महिला टी–२० आईमा नेपालबाट एकै इनिङमा सर्वाधिक ११ चौका प्रहार गर्ने खेलाडी बनेकी छिन् ।

प्रकाशित मिति: शुक्रबार, ०४ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.