एसिया कपमा नेपालको पहिलो कीर्तिमानी जित

Satya Sanchar सत्य सञ्चार
Samjhana Khadka of Nepal during the ACC Women's T20 Asia Cup 2024 match between UAE and Nepal at the Rangiri Dambulla International Cricket Stadium, Dambulla, Sri Lanka, on July 19, 2024. Photo Credit : Deepak Malik / Asian Cricket Council / CREIMAS RESTRICTED TO EDITORIAL USE

काठमाडौँ । नेपालले एसीसी वुमन्स एसिया कपको उद्घाटन खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको छ । यो एसिया कपमा नेपालकाे पहिलो जित हो ।

यसअघि खेलेका सबै खेल नेपालले हारेको थियो । एसिया कपमा नेपालले पहिलो जित दर्ता गर्दा ४ कीर्तिमान बनाएका छन् ।

११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपाललाई जिताउन ओपनर सम्झना खड्काले ४५ बलमा ११ चौकासहित ७२ रनको अविजित इनिङ खेलिन् । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । ११६ रन नेपाली महिला टोलीले टी २० आईमा पूरा गरेको हालसम्मको ठूलो हो ।

नेपालको एसियाको दुई संस्करणमा कूल ८ खेल खेल्दा सबै खेल हारेको थियो । सन् २०१२ मा नेपाल श्रीलंकासँग २० रन, बंगलादेशसँग ९ विकेट र घरेलु टोली चीनसँग ४५ रनले पराजित भएको थियो ।

सन् २०१६ मा पाकिस्तानसँग ९ विकेट, श्रीलंकासँग ८ विकेट, बंगलादेशसँग ९२ रन, थाइल्यान्डसँग ८ विकेट र भारतसँग ९९ रनले पराजित भएको थियो ।

सम्झना नेपालबाट महिला टी २० एसियाकपमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छन् । सम्झना महिला टी–२० आईमा नेपालबाट एकै इनिङमा सर्वाधिक ११ चौका प्रहार गर्ने खेलाडी बनेकी छिन् ।

प्रकाशित मिति: शुक्रबार, ०४ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.