एसिया महिला कप आजबाट : उद्घाटन खेलमा नेपाल र युएई भिड्दै

Satya Sanchar सत्य सञ्चार

विराटनगर । महिला तर्फको एसिया कप टी ट्वान्टी क्रिकेट २०२४ आजबाट सुरु हुँदैछ ।

श्रीलंकामा हुने प्रतियाेगिताकाे उद्घाटन खेलमा नेपालले युएईसँग खेल्दैछ । नेपालको खेल श्रीलंकाकाे दाम्बुला क्रिकेट स्टेडियममा आज २ः१५ मा सुरु हुनेछ ।

एसिया कपमा नेपालको यो तेस्रो सहभागिता हो । २०१२ र २०१६ मा पनि नेपालले महिला एसिया कप खेलेको थियो । दुवै पटक नेपालले सबै खेलमा हार बेहोरेको थियो ।

समूह ए मा रहेको नेपालले पाकिस्तान विरुद्ध जुलाई २१ र भारत विरुद्ध जुलाई २३ मा खेल्नेछ ।

समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, ०४ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.