मड्रिड आएपछि एम्बाप्पेले भने,‘सपना पूरा भयो’

Satya Sanchar सत्य सञ्चार

विराटनगर । केलियन एम्बाप्पे रियल मड्रिडको जर्सीमा देखिएका छन् ।

फ्रेन्च फर्वाड एम्बाप्पेलाई सान्टिएगो बेर्नाबाउमा करिब ८० हजार समर्थकले स्वागत गरे । २५ वर्षका एम्बाप्पले ५ वर्षको सम्झौता गरेका छन् ।

रियलमा रहने सम्झौतामा हस्ताक्षरपछि मैदान प्रवेश गरेका उनले रियल मड्रिडको जर्सी लगाउने सपना मंगलबार पूरा भएको प्रतिक्रिया दिए ।

९ नम्बर जर्सी लगाएका उनले स्पानिस भाषामा भने, ‘यो मेरा लागि अविश्वसनीय दिन हो । बालक हुँदादेखि नै मैले मड्रिडका लागि खेल्ने सपना देखेको थिएँ र आज म यहाँ छु । यो मेरा लागि निकै महत्वपूर्ण छ ।’

एम्बाप्पेलाई अनुबन्ध गर्नुलाई रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले क्लबका लागि ऐतिहासिक काम भनेका छन् । उनले भने, ‘आज हामी एक असाधारण खेलाडीलाई स्वागत गर्दैछौं, जसले आफ्नो बाल्यकालको सपना पूरा गर्दैछन् ।’

प्रकाशित मिति: बुधबार, ०२ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.