विराटनगर । अर्जेन्टिनाका खेलाडी एन्जल डि मारियाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । कोपा अमेरिका २०२४ को उपाधि जितेपछि उनले सन्यास लिएका हुन् ।
कोपा अमेरिकापछि सन्यास लिने घोषणा गरेका डि मारियाले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेलका रुपमा कोपा अमेरिका जिते ।
अर्जेन्टिनाले कोपा अमेरिका, फिफा विश्वकप जे जित्दा उनी मुख्य खेलाडी थिए । तर कप्तान लिओनल मेस्सी र गोलकिपर इमिलियानो मार्टिनेजको धेरै चर्चा भयो ।
मेस्सीको नेतृत्वलमा अर्जेन्टिनाले हात पारेका अन्तर्राष्ट्रिय सफलतामा डि मारियाको महत्वपूर्ण योगदान छ । आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेलमा कोलम्बियाविरुद्ध उनले लगभग पूरा समय खेले । उनी ११६ औं मिनेटमा रिप्लेस हुँदा मैदानबाट आशु झार्दै बाहिर आएका थिए ।
‘मैले यस्तै सपना देखेको थिएँ । त्यसैले त मैले यो कोपा नै मेरो अन्तिम प्रतियोगिता भनेको थिएँ र यहीँ सकियो’, डि मारियाले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जितेपछि भने,‘ मैले फाइनल पुग्ने सपना देखेको थिएँ । मैले यस्तै गरी सन्यास लिन चाहेको थिएँ ।’
कोलम्बियालाई फाइनलमा १–० ले हराउँदै उपाधि जित्दा एन्जल डि मरिया नै खेलको प्लेअर अफ दि म्याच घोषित भए ।
सन् २००८ मा मेस्सीसँगै ओलम्पिकमा स्वर्ण जितेदेखि नै डि मारिया अर्जेन्टिनी टिमको स्टारको रुपमा थिए । ३६ वर्षीय डि मारियाले अर्जेन्टिनाका लागि १४५ खेल खेल्दै ३१ गोल गरेका छन् । उनले अर्जेन्टिनाका लागि ६ कोपा अमेरिका र ४ विश्वकप खेलेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,437)
जीवन विकासले बोलायो साधारणसभा (2,408)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,368)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,350)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,220)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,155)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,117)