उपाधि जितेपछि एन्जल डि मारियाले लिए सन्यास

Satya Sanchar सत्य सञ्चार

विराटनगर । अर्जेन्टिनाका खेलाडी एन्जल डि मारियाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । कोपा अमेरिका २०२४ को उपाधि जितेपछि उनले सन्यास लिएका हुन् ।

कोपा अमेरिकापछि सन्यास लिने घोषणा गरेका डि मारियाले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेलका रुपमा कोपा अमेरिका जिते ।

अर्जेन्टिनाले कोपा अमेरिका, फिफा विश्वकप जे जित्दा उनी मुख्य खेलाडी थिए । तर कप्तान लिओनल मेस्सी र गोलकिपर इमिलियानो मार्टिनेजको धेरै चर्चा भयो ।

मेस्सीको नेतृत्वलमा अर्जेन्टिनाले हात पारेका अन्तर्राष्ट्रिय सफलतामा डि मारियाको महत्वपूर्ण योगदान छ । आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेलमा कोलम्बियाविरुद्ध उनले लगभग पूरा समय खेले । उनी ११६ औं मिनेटमा रिप्लेस हुँदा मैदानबाट आशु झार्दै बाहिर आएका थिए ।

‘मैले यस्तै सपना देखेको थिएँ । त्यसैले त मैले यो कोपा नै मेरो अन्तिम प्रतियोगिता भनेको थिएँ र यहीँ सकियो’, डि मारियाले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जितेपछि भने,‘ मैले फाइनल पुग्ने सपना देखेको थिएँ । मैले यस्तै गरी सन्यास लिन चाहेको थिएँ ।’

कोलम्बियालाई फाइनलमा १–० ले हराउँदै उपाधि जित्दा एन्जल डि मरिया नै खेलको प्लेअर अफ दि म्याच घोषित भए ।

सन् २००८ मा मेस्सीसँगै ओलम्पिकमा स्वर्ण जितेदेखि नै डि मारिया अर्जेन्टिनी टिमको स्टारको रुपमा थिए । ३६ वर्षीय डि मारियाले अर्जेन्टिनाका लागि १४५ खेल खेल्दै ३१ गोल गरेका छन् । उनले अर्जेन्टिनाका लागि ६ कोपा अमेरिका र ४ विश्वकप खेलेका छन् ।

प्रकाशित मिति: मङ्गलबार, ०१ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.