अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

Satya Sanchar सत्य सञ्चार

विराटनगर । अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । सोमबार बिहान भएको फाइनल खेलमा कोलम्बियालाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।

निर्धारित खेल बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको अन्तिममा अर्जेन्टिनाका लौटारो मार्टिनेजले गोल गरेका थिए । उनको सोही गोल नै जितका लागि निर्णायक बनेको थियो ।

अर्जेन्टिनाले कीर्तिमानी १६ औँ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । यसअघि अर्जेन्टिनाले उरुग्वेसँगै १५–१५ पटक कोपा–अमेरिकाको उपाधि जितेको थियो ।

अर्जेन्टिनी टोलीले सन् १९२१ मा पहिलो पटक कोपा–अमेरिकाको उपाधि जितेको थियो । अन्तिम पटक भने अर्जेन्टिना सन् २०२१ मा च्याम्पियन बनेको थियो ।

जारी कोपा–अमेरिकाको समूहगत चरणमा अर्जेन्टिनाले आफूले खेलेको तीनवटै खेलमा जित हात पारेको थियो ।

अर्जेन्टिनाले क्वार्टरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो । सेमिफाइनल खेलमा क्यानडालाई २–० गोलले पराजित गरेको थियो ।

प्रकाशित मिति: सोमबार, ३१ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.