स्पेनले जित्यो युरोकपको उपाधि

Satya Sanchar सत्य सञ्चार

विराटनगर । इंग्ल्याण्डलाई पराजित गर्दै स्पेनले युरोकपको उपाधि जितेको छ ।

जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै स्पेनले चौथो पटक युरो जित्ने कीर्तिमान बनाएको हो ।

स्पेनको जितका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इंग्ल्याण्डका कोल पाल्मरले एक गोल फर्काए ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीन गोल भएको थियो ।

खेलको ४७औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाएका थिए । तर ७३औं मिनेटमा कोल पाल्मरले इंग्ल्याण्डका लागि बराबरी गोल फर्काए ।

निर्धारित समयमा खेल बराबरीतर्फ अघि बढिरहेको थियो बेला ८६औं मिनेटमा ओयाबाजलले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए । अग्रता कायम राख्दै स्पेनले खेल जित्यो र चौथो पटक युरो च्याम्पियन बन्यो ।

स्पेनले सन् १९६४ को दोस्रो संस्करणमा पहिलो पटक उपाधि जितेको थियो भने सन् २००८ र २०१२ मा लगातार युरो जितेको थियो ।

इंग्ल्याण्ड भने लगातार दोस्रो पटक उपविजेतामै रोकिएको छ ।

उपाधि जितेकाे स्पेनका युवा स्टार लामिन यामलले युरो २०२४ को उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् ।

स्पेनलाई कीर्तिमानी चौथो पटक युरो उपाधि जिताउन सनसनी प्रदर्शन गरेका यी १७ वर्षीय युवा स्टारले पहिलो पटक युरो खेल्दै उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका हुन् ।

मिडफिल्डर रोड्री युरो २०२४ को उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रकाशित मिति: सोमबार, ३१ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.