विराटनगर । युरो कप २०२४ को उपाधिका लागि स्पेन र इंग्ल्याण्ड भिड्दैछन् । फाइनल खेल मध्यराति १२ः४५ बजे बर्लिनस्थित ओलम्पिक स्टेडियममा हुनेछ ।
स्पेनले सेमिफाइनलमा बलियो टोली फ्रान्स र इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई पराजित गरेर फाइनलमा स्थान पक्का गरेका हुन् । इंग्ल्याण्ड साविक उपविजेता टोली हो ।
स्पेन जारी युरोमा उत्कृष्ट लयमा छ । यी दुई टोली मध्ये फाइनल जसले जिते पनि इतिहास रच्नेछन् ।
स्पेनले जर्मनीसँगै अहिलेसम्म सर्वाधिक ३ पटक उपाधि जितेको छ । यो उपाधि जिते युरो चार पटक जित्ने पहिलो टोली बन्नेछ ।
स्पेनले सन् १९६४ को दोस्रो संस्करणमै उपाधि जितेको थियो । सन् २००८ र २०१२ मा पनि उपाधि जितेको थियो । स्पेनले सन् २०१० मा विश्वकप पनि जितेको थियो ।
इंग्ल्याण्डले भने अहिलेसम्म युरो उपाधि जित्न सकेको छैन । सन् २०२० को युरोमा फाइनल पुगे पनि इंग्ल्याण्ड घरेलु मैदानमा इटलीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै उपविजेता बनेको थियो ।
इंग्ल्याण्ड लगातार दोस्रो पटक युरो फाइनल खेल्दैछ । इंग्ल्याण्ड विजयी भएमा पहिलो पटक युरो च्याम्पियन बन्नेछ ।
इंग्ल्याण्डले अहिलेसम्म जितेको एक मात्र ठूलो उपाधि सन् १९६६ को फिफा विश्वकप हो ।
स्पेन र इंग्ल्याण्ड एकआपसमा भिड्दा इंग्ल्याण्डका कप्तान ह्यारी केन र स्पेनका डाद्दी ओल्मो सर्वाधिक गोलकर्ता बन्ने होडमा छन् । दुवैले समान ३ गोल गरेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,441)
जीवन विकासले बोलायो साधारणसभा (2,408)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,368)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,350)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,220)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)