युरो फाइनल : इतिहास रच्ने दाउमा स्पेन र इंग्ल्याण्ड

Satya Sanchar सत्य सञ्चार

विराटनगर । युरो कप २०२४ को उपाधिका लागि स्पेन र इंग्ल्याण्ड भिड्दैछन् । फाइनल खेल मध्यराति १२ः४५ बजे बर्लिनस्थित ओलम्पिक स्टेडियममा हुनेछ ।

स्पेनले सेमिफाइनलमा बलियो टोली फ्रान्स र इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई पराजित गरेर फाइनलमा स्थान पक्का गरेका हुन् । इंग्ल्याण्ड साविक उपविजेता टोली हो ।

स्पेन जारी युरोमा उत्कृष्ट लयमा छ । यी दुई टोली मध्ये फाइनल जसले जिते पनि इतिहास रच्नेछन् ।

स्पेनले जर्मनीसँगै अहिलेसम्म सर्वाधिक ३ पटक उपाधि जितेको छ । यो उपाधि जिते युरो चार पटक जित्ने पहिलो टोली बन्नेछ ।

स्पेनले सन् १९६४ को दोस्रो संस्करणमै उपाधि जितेको थियो । सन् २००८ र २०१२ मा पनि उपाधि जितेको थियो । स्पेनले सन् २०१० मा विश्वकप पनि जितेको थियो ।

इंग्ल्याण्डले भने अहिलेसम्म युरो उपाधि जित्न सकेको छैन । सन् २०२० को युरोमा फाइनल पुगे पनि इंग्ल्याण्ड घरेलु मैदानमा इटलीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै उपविजेता बनेको थियो ।

इंग्ल्याण्ड लगातार दोस्रो पटक युरो फाइनल खेल्दैछ । इंग्ल्याण्ड विजयी भएमा पहिलो पटक युरो च्याम्पियन बन्नेछ ।

इंग्ल्याण्डले अहिलेसम्म जितेको एक मात्र ठूलो उपाधि सन् १९६६ को फिफा विश्वकप हो ।

स्पेन र इंग्ल्याण्ड एकआपसमा भिड्दा इंग्ल्याण्डका कप्तान ह्यारी केन र स्पेनका डाद्दी ओल्मो सर्वाधिक गोलकर्ता बन्ने होडमा छन् । दुवैले समान ३ गोल गरेका छन् ।

प्रकाशित मिति: आइतबार, ३० असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.