जीवन विकास स्वीट्सको नयाँ विक्री केन्द्र तीनपैनीमा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरको तीनपैनी चाेकमा जीवन विकास मिल्क एण्ड स्वीट्सकाे नयाँ बिक्री केन्द्र सञ्चालनमा आएकाे छ । बजारको माग सम्बोधन गर्नका लागि जीवन विकास डेरी प्रडक्ट प्रा‍लिले तीनपैनीमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो ।

शुक्रबार उद्‌घाटन गरिएको जीवन विकास मिल्क एण्ड स्वीट्समा दूध, दही, घ्यूसँगै दूधजन्य उत्पादन आइसक्रिम र मिठाईका परिकार उपलब्ध रहने जीवन विकास डेरी प्रडक्ट प्रालिका म्यानेजिङ डाइरेक्टर विजय मण्डलले जानकारी दिए ।

उनका अनुसार तीनपैनीमा उद्घाटन भएकाे तेस्रो बिक्री केन्द्र हो ।

१३ वर्षयता किसानले उत्पादन गरेकाे दूध संकलन गरि दुग्धजन्य पदार्थ उत्पादन गरि बिक्री गर्दै आएको जीवन विकासले गत ४ कात्तिकमा जलजला चोकबाट उत्तर तर्फ जैन भवन अगाडि र ३ माघबाट ट्राफिक चोकमा बिक्री केन्द्र सञ्चालनमा ल्याएकाे थियाे ।

बजारको माग पुरा गर्नका लागि जीवन विकासले अन्य क्षेत्रमा पनि बिक्री केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । ‘हामी बजारको माग अनुसार सेवा विस्तार गर्दैछौ,’ मण्डलले भने,‘ हाम्रो लक्ष्य भनेको विराटनगरको हरेक क्षेत्रमा उच्च गुणस्तरीय दुग्ध उत्पादनहरू पुर्‍याउनु हो।’

प्रकाशित मिति: आइतबार, ३० असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.