जीवन विकास स्वीट्सको नयाँ विक्री केन्द्र तीनपैनीमा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरको तीनपैनी चाेकमा जीवन विकास मिल्क एण्ड स्वीट्सकाे नयाँ बिक्री केन्द्र सञ्चालनमा आएकाे छ । बजारको माग सम्बोधन गर्नका लागि जीवन विकास डेरी प्रडक्ट प्रा‍लिले तीनपैनीमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो ।

शुक्रबार उद्‌घाटन गरिएको जीवन विकास मिल्क एण्ड स्वीट्समा दूध, दही, घ्यूसँगै दूधजन्य उत्पादन आइसक्रिम र मिठाईका परिकार उपलब्ध रहने जीवन विकास डेरी प्रडक्ट प्रालिका म्यानेजिङ डाइरेक्टर विजय मण्डलले जानकारी दिए ।

उनका अनुसार तीनपैनीमा उद्घाटन भएकाे तेस्रो बिक्री केन्द्र हो ।

१३ वर्षयता किसानले उत्पादन गरेकाे दूध संकलन गरि दुग्धजन्य पदार्थ उत्पादन गरि बिक्री गर्दै आएको जीवन विकासले गत ४ कात्तिकमा जलजला चोकबाट उत्तर तर्फ जैन भवन अगाडि र ३ माघबाट ट्राफिक चोकमा बिक्री केन्द्र सञ्चालनमा ल्याएकाे थियाे ।

बजारको माग पुरा गर्नका लागि जीवन विकासले अन्य क्षेत्रमा पनि बिक्री केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । ‘हामी बजारको माग अनुसार सेवा विस्तार गर्दैछौ,’ मण्डलले भने,‘ हाम्रो लक्ष्य भनेको विराटनगरको हरेक क्षेत्रमा उच्च गुणस्तरीय दुग्ध उत्पादनहरू पुर्‍याउनु हो।’

प्रकाशित मिति: आइतबार, ३० असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.