कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

उपाधिको लागि अर्जेन्टिनासँग खेल्ने

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोलम्बिया कोपा–अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । उरुग्वेलाई हराउँदै कोलम्बिया फाइनल प्रवेश गरेको हो ।

आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियाले १–० गोलअन्तरले उरुग्वेलाई पराजित गरेको हो ।

अब उपाधिको लागि कोम्बियाले अर्जेन्टिनासँग खेल्नेछ ।अर्जेन्टिनाले बुधबार बिहान क्यानडालाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

कोलम्बियाको जितमा जेफरसन लेर्माले ३९ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

कोलम्बिया समूह ‘डी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । कोलम्बियाले तीनमध्ये दुई खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको छ ।

कोलम्बियाले आफ्नो पहिलो खेलमा पाराग्वेलाई २–१ गोलले हराएको थियो । दोस्रो खेलमा कोस्टा रिकालाई ३–० ले पराजित गरेको थियो । तेस्रो खेलमा ब्राजिलसँग १–१ को बराबरी खेलेको थियो ।

कोलम्बियाले सन् २००१ मा कोपा–अमेरिकाको उपाधि जितेको थियो ।

प्रकाशित मिति: बिहिबार, २७ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.