कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

उपाधिको लागि अर्जेन्टिनासँग खेल्ने

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोलम्बिया कोपा–अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । उरुग्वेलाई हराउँदै कोलम्बिया फाइनल प्रवेश गरेको हो ।

आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियाले १–० गोलअन्तरले उरुग्वेलाई पराजित गरेको हो ।

अब उपाधिको लागि कोम्बियाले अर्जेन्टिनासँग खेल्नेछ ।अर्जेन्टिनाले बुधबार बिहान क्यानडालाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

कोलम्बियाको जितमा जेफरसन लेर्माले ३९ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

कोलम्बिया समूह ‘डी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । कोलम्बियाले तीनमध्ये दुई खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको छ ।

कोलम्बियाले आफ्नो पहिलो खेलमा पाराग्वेलाई २–१ गोलले हराएको थियो । दोस्रो खेलमा कोस्टा रिकालाई ३–० ले पराजित गरेको थियो । तेस्रो खेलमा ब्राजिलसँग १–१ को बराबरी खेलेको थियो ।

कोलम्बियाले सन् २००१ मा कोपा–अमेरिकाको उपाधि जितेको थियो ।

प्रकाशित मिति: बिहिबार, २७ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.