इङ्ल्यान्ड लगातार युरो कपको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेदरल्याण्ड्सलाई २–१ ले पराजित गर्दै इङ्ल्यान्ड युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

ओली वाट्किन्सले इन्जुरी टाइममा गरेको गोल मदतमा इङ्ल्यान्ड लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको हो ।

दोस्रो हाफमा मैदान प्रवेश गरेको वाट्किन्सले इन्जुरी टाइमको पहिलो मिनेटमा निर्णायक गोल गरे ।

इङ्ल्यान्डले जुलाई १४ मा बर्लिनमा हुने फाइनलमा स्पेनको सामना गर्नेछ । स्पेनले पहिलो सेमिफाइनलमा फ्रान्सलाई पराजित गरेको थियो ।

डर्टमण्डको सिगनल इडुना पार्कमा भएको दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्सले पहिले अग्रता लिएको थियो । जावी सिमोन्सले खेलको सातौं मिनेटमै गोल गर्दै डच टोलीलाई पहिले अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय रहेन ।

१८औं मिनेटमा इङ्ल्यान्डका कप्तान ह्यारी केनले विवादित पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।

नेदरल्याण्ड्सका डेन्जल डमफ्रिसले केनलाई पेनाल्टी बक्समा फल गरेपछि भिएआरको सहयोगमा इङ्ल्यान्डले पेनाल्टी पाएको थियो । केनले गोल गरे ।

८१औं मिनेटमा केनको स्थानमा मैदान प्रवेश गरेका वाटमिन्ट्सले कोल पाल्मरको पासमा इन्जुरी समयमा गोल गरे । पाल्मर पनि ८१औं मिनेटमै फिल फोडेनको स्थानमा मैदान प्रवेश गरेका थिए ।

प्रकाशित मिति: बिहिबार, २७ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.