गौतम गम्भीरले सम्हाल्नेछन् भारतीय क्रिकेट टोली

Satya Sanchar सत्य सञ्चार

विराटनगर । भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त भएका छन् ।

भारतलाई सन् २००७ को टी–२० विश्वकप र २०११ को एकदिवसीय विश्वकप जिताउन महत्वपूर्ण योगदान गरेका गम्भीर प्रशिक्षक नियुक्त भएका हुन् ।

गम्भीरको कप्तानीमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०२४ मा कोलकाताले आईपीएलको उपाधि जित्दा उनी मेन्टर थिए ।

आईसीसी टी– २० विश्वकप २०२४ को उपाधि जितेसँगै राहुल द्रविडको भारतीय क्रिकेटमा मुख्य प्रशिक्षकको अवधि सकिएको थियो ।

बीसीसीआईका सचिव जय शाहले गम्भीर अब भारतको नयाँ मुख्य प्रशिक्षक बनेको जानकारी दिएका छन् । गम्भीरको भारतीय क्रिकेट टिमसँगको सम्झौता २०२७ डिसेम्बरसम्मको छ ।

४२ वर्षीय बायाँ हाते ब्याटर गम्भीर भारतका पूर्व सफल ओपनर हुन् । उनले भारतबाट ५८ टेस्ट, १४७ ओडीआई र ३७ टी–२० आई खेलेका थिए ।

प्रकाशित मिति: बुधबार, २६ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.