गौतम गम्भीरले सम्हाल्नेछन् भारतीय क्रिकेट टोली

Satya Sanchar सत्य सञ्चार

विराटनगर । भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त भएका छन् ।

भारतलाई सन् २००७ को टी–२० विश्वकप र २०११ को एकदिवसीय विश्वकप जिताउन महत्वपूर्ण योगदान गरेका गम्भीर प्रशिक्षक नियुक्त भएका हुन् ।

गम्भीरको कप्तानीमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०२४ मा कोलकाताले आईपीएलको उपाधि जित्दा उनी मेन्टर थिए ।

आईसीसी टी– २० विश्वकप २०२४ को उपाधि जितेसँगै राहुल द्रविडको भारतीय क्रिकेटमा मुख्य प्रशिक्षकको अवधि सकिएको थियो ।

बीसीसीआईका सचिव जय शाहले गम्भीर अब भारतको नयाँ मुख्य प्रशिक्षक बनेको जानकारी दिएका छन् । गम्भीरको भारतीय क्रिकेट टिमसँगको सम्झौता २०२७ डिसेम्बरसम्मको छ ।

४२ वर्षीय बायाँ हाते ब्याटर गम्भीर भारतका पूर्व सफल ओपनर हुन् । उनले भारतबाट ५८ टेस्ट, १४७ ओडीआई र ३७ टी–२० आई खेलेका थिए ।

प्रकाशित मिति: बुधबार, २६ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.