विराटनगर । स्पेन फ्रान्सविरुद्ध पुनरागमन जित निकाल्दै युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति म्युनिख एरेनामा भएको पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ ले पराजित गर्दै स्पेन अन्तिम दुईमा प्रवेश गरेको हो ।
सेमिफाइनल खेलमा स्पेनका लामिन यामलले युरो कपमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान बनाए ।
स्पेनले अब नेदरल्याण्ड्स र इंग्ल्याण्डबीच हुने सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।
स्पेन विरुद्ध अग्रता भने फ्रान्सले लिएको थियो । नवौं मिनेटमै रान्डल कोलो माउनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर, यो अग्रता लामो समय टिकेन ।
२१औं मिनेटमा लामिन यामलले पेनाल्टी बक्स बाहिरबाट टप कर्नरमा उत्कृष्ट गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
त्यसपछि डानी ओल्मोले २५औं मिनेटमा गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलमा गोल हुन सकेन् । स्पेन २–१ ले विजयी भयो ।
स्पेनीस युवा स्टार यामलले १६ वर्ष ३६२ दिन हुँदा गोल गर्दै युरोमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाएका हुन् ।
यसअघि कम उमेरको कीर्तिमान स्विट्जरल्याण्डका जोहान भोलनान्थेनको नाममा थियो । उनले सन् २००४ को युरोमा फ्रान्स विरुद्धनै १८ वर्ष १४१ दिनको हुँदा गोल गरेका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)