अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

लिओनल मेस्सीले जारी कोपा अमेरिका २०२४ मा पहिलो गोल गर्दा अर्जेन्टिनाले २–० गोल अन्तरले क्यानडालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

विश्वकप विजेता अर्जेन्टिनाले अब कोलम्बिया र उरुग्वेबीचको खेलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

मेटलाइफ स्टेडियममा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाका लागि मेस्सी र जुलियन अल्भारेजले गोल गरे । बुधबार विहान भएको खेलको २१औं मिनेटमा अल्भारेजले रोड्रिगो डे पउलको पासमा गोल गर्दै अर्जेनटिनालाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा मेस्सीले गोल थपे । उनले ५१औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा जारी कोपामा पहिलो गोल गरेका हुन् ।

साविक विजेता अर्जेन्टिना लगातार तीन ठूला प्रतियोगिता जित्ने लक्ष्यमा छ । २०२१ मा कोपा जितेको रअर्जेन्टिनाले २०२२ मा फिफा विश्वकप उपाधि जितेको थियो ।

आफ्नो करियरको सातौं कोपा खेलिरहेको मेस्सीले सन् २०११ बाहेक ६ संस्करणमा गोल गरेका छन् । उनले सन् २००७ मा पहिलो पटक कोपा खेल्दा दुई गोल गरेका थिए ।

यस्तै २०१५ मा १ गोल, २०१६ मा ५ गोल, २०१९ मा १ गोल र २०२१ मा ४ गोल गरेका थिए । मेस्सीले अहिलेसम्म कोपामा १३ गोल गरेका छन् ।

प्रकाशित मिति: बुधबार, २६ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.