विराटनगर । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
लिओनल मेस्सीले जारी कोपा अमेरिका २०२४ मा पहिलो गोल गर्दा अर्जेन्टिनाले २–० गोल अन्तरले क्यानडालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
विश्वकप विजेता अर्जेन्टिनाले अब कोलम्बिया र उरुग्वेबीचको खेलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।
मेटलाइफ स्टेडियममा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाका लागि मेस्सी र जुलियन अल्भारेजले गोल गरे । बुधबार विहान भएको खेलको २१औं मिनेटमा अल्भारेजले रोड्रिगो डे पउलको पासमा गोल गर्दै अर्जेनटिनालाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा मेस्सीले गोल थपे । उनले ५१औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा जारी कोपामा पहिलो गोल गरेका हुन् ।
साविक विजेता अर्जेन्टिना लगातार तीन ठूला प्रतियोगिता जित्ने लक्ष्यमा छ । २०२१ मा कोपा जितेको रअर्जेन्टिनाले २०२२ मा फिफा विश्वकप उपाधि जितेको थियो ।
आफ्नो करियरको सातौं कोपा खेलिरहेको मेस्सीले सन् २०११ बाहेक ६ संस्करणमा गोल गरेका छन् । उनले सन् २००७ मा पहिलो पटक कोपा खेल्दा दुई गोल गरेका थिए ।
यस्तै २०१५ मा १ गोल, २०१६ मा ५ गोल, २०१९ मा १ गोल र २०२१ मा ४ गोल गरेका थिए । मेस्सीले अहिलेसम्म कोपामा १३ गोल गरेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)