विराटनगर । युरो २०२४ को फाइनल प्रवेशका लागि आज पूर्व विजेता स्पेन र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार राति १२:४५ मा सुरु हुनेछ ।
स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो । फ्रान्सले क्वाटरफाइनलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
दुई टोली मध्ये स्पेनले जारी युरोमा अहिलेसम्म ११ गोल गरिसकेको छ भने जम्मा दुई गोल मात्र बेहोरेको छ । फ्रान्स भने गोलका लागि संघर्षरत छ । जारी युरो कपमा फ्रान्सले दुई गोल गरेको छ । बाँकी खेलको नतिजा पेनाल्टीबाट निस्किएको छ ।
स्पेन १२ वर्षपछि युरो फाइनलमा पुग्ने लक्ष्यमा छ भने फ्रान्स पछिल्लो ८ वर्षमा चौथो पटक मुख्य प्रतियोगिताको फाइनल पुग्ने लक्ष्यमा छ । फ्रान्सले सन् २०१८ मा फिफा विश्वकपको उपाधि जितेको थियो भने २०१६ मा युरो फाइनल र २०२२ मा विश्वकप फाइनल खेलेको थियो ।
स्पेन र फ्रान्स मुख्य प्रतियोगितामा एकआपसमा प्रतिस्पर्धा गर्न लागेको यो छैटौंपटक हो । यसअघिका पाँचमध्ये तीन खेल फ्रान्सले जितेको छ । सन् १९८४ को युरो फाइनल, २००० को युरो क्वाटरफाइनल र २००६ को विश्वकपको प्रिक्वाटरफाइनलमा फ्रान्सले स्पेनलाई पराजित गरेको थियो ।
स्पेनले एक खेल जितेको छ । सन् २०१२ को युरो क्वाटरफाइनलमा स्पेनले फ्रान्सलाई पराजित गरेको थियो । १९९६ को युरोको समूह चरणमा भने यी दुई टोलीले बराबरी खेलेका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)