विराटनगर । ब्राजिल कोपा अमेरिका फुटबल २०२४ को क्वाटरफाइनलबाटै बाहिरिएको छ । ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उरुग्वे सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार बिहान भएको क्वाटरफाइनलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेको हो ।
निर्धारित समयमको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।
उरुग्वेका लागि फेडरिक भलभर्डे, रोड्रिगो बेन्टाकुर, जर्जियन डे अराकास्टा र मानुएल उगार्टेले पेनाल्टीमा गोल गरे । जोस मारिया जिमिनेसको प्रहार ब्राजिलका गोलकिपर एलिसनले बचाए ।
ब्राजिलका लागि आन्द्रेज परेइरा र गाब्रिएल मार्टिनेलीले मात्र पेनाल्टीमा गोल गरे । एडर मिलिटाओको प्रहार उरुग्वेका गोलकिपर सर्जियो रोचेटले बचाए भने डोगलास लुइसको प्रहार पोष्टमा लागेको थियो ।
उरुग्वेले फाइनल प्रवेशका लागि कोलम्बियासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । फाइनल प्रवेशका लागि अर्जेन्टिनाले क्यानडासँग खेल्नेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)