युरो कप : सेमिफाइनल समीकरण पुरा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जर्मनीमा जारी युरो कप २०२४ को सेमिफाइनल समीकरण पुरा भएको छ ।

तीन पूर्वविजेता स्पेन, फ्रान्स र नेदरल्याण्ड्स र साविक उपविजेता टोली इंग्ल्याण्ड अन्तिम चारमा पुगेका हुन् ।

पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्ससँग खेल्नेछ । दोस्रो सेमिफाइनल नेदरल्याण्ड्स र इंग्ल्याण्डबीच हुनेछ ।

नेदरल्याण्ड्सले टर्कीविरुद्ध २–१ को पुनरागमन जित्दै तथा इंग्ल्याण्डले स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराएर सेमिफाइनलमा प्रवेश गरेको हो ।

स्पेनले आयोजक जर्मनी र फ्रान्सले पोर्चुगललाई पराजित गरेको थियो ।

३ पटक उपाधि जितेको स्पेन चौथो पटक च्याम्पियन बन्दै सर्वाधिक सफल टोली बन्ने लक्ष्यमा छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरो जितेको थियो । फ्रान्सले भने १९८४ र २००० मा उपाधि जितेको थियो ।

स्पेन र इंग्ल्याण्ड लगातार दोस्रो पटक सेमिफाइनलमा पुगेका हुन् । २०२१ को युरोमा स्पेन सेमिफाइनलमा इटलीसँग पराजित भएको थियो । इंग्ल्याण्ड फाइनलमा पेनाल्टीसुटआउटमा इटलीसँग पराजित भएको थियो । फ्रान्स भने २०१६ पछि सेमिफाइनलमा पुगेको हो । नेदरल्याण्ड्स २० वर्षपछि युरोको सेमिफाइनलमा पुगेको हो ।

प्रकाशित मिति: आइतबार, २३ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.