युरो कप : क्वाटरफाइनलमा भिड्दैछन् चार उपाधि दाबेदार

Satya Sanchar सत्य सञ्चार

विराटनगर । युरो २०२४ को उपाधि दाबेदार चार टोली आज क्वाटरफाइनलमा भिड्दैछन् । पहिलो क्वाटरफाइनलमा आयोजक जर्मनीले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो क्वाटरफाइनलमा पोर्चुगल र फ्रान्सबीच खेल हुनेछ । चार वटै टोली युरो कपको उपाधि दाबेदार हुन् ।

स्पेन र जर्मनी बीचको खेल राति ९ः४५ बजे तथा पोर्चुगल र फ्रान्सबीचको खेल मध्यराति १२ः४५ बजे सुरु हुनेछ ।

चारै टोली पूर्व च्याम्पियन हुन् । आजको खेलपछि दुई दाबेदार टोली बाहिरिने छन् ।

स्पेन र जर्मनी युरोको सर्वाधिक सफल टोली हुन् । दुवैले समान ३ पटक युरो जितेका छन् । दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छन् । तर एक टोलीको मात्र लक्ष्य पूरा हुनेछ ।

स्पेनले सन् २००० यता दुई पटक युरो जितिसकेको छ । २००८ र २०१२ मा स्पेनले युरो जितेको थियो । स्पेनले १९६४ मा पहिलो पटक युरो जितेको थियो ।

जर्मनीले पछिल्लो पटक १९९६ मा उपाधि जितेको थियो । सन् १९७२ मा पहिलो पटक युरो जितेको जर्मनीले त्यसपछि १९८० मा दोस्रो पटक उपाधि जितेको थियो ।

स्पेन र जर्मनी भिड्दा दुवै टिमका युवा खेलाडीहरुमा नजर हुनेछ । स्पेनका फरवार्ड लामिन यामल र निको विलियम्स तथा जर्मनीका जमाल मुसिएलाले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

दोस्रो क्वाटरफाइनलमा पोर्चुगल र फ्रान्स भिड्दैछन् । फ्रान्सले सन् १९८४ र २००० मा युरो कप उपाधि जितेको थियो । पोर्चुगलले सन् २०१६ मा फ्रान्समै भएको युरो कपमा फ्रान्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।

जारी सिजनमा दुवै टोली सामान्य लयमा छन् । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो सर्वाधिक युरो कपको खेल खेल्ने र गोल गर्ने कीर्तिमान बनाएका खेलाडी हुन् । तर उनी अपेक्षा अनुसार खेल्न सकेका छैनन् । फ्रान्सका कप्तान केलिएन एमबाप्पेको प्रदर्शन पनि उत्कृष्ट छैन ।

फ्रान्सले अन्तिम १६ को खेलको अन्त्यतिर आत्मघाती गोल मद्दतमा बेल्जियमलाई १–० ले पराजित गरेको थियो । पोर्चुगलले स्लोभेनियालाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, २१ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.