कोपा अमेरिकाको सेमिफाइनलमा अर्जेन्टिना

Satya Sanchar सत्य सञ्चार

विराटनगर । साविक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमीफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको पहिलो खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको हो ।

अर्जेन्टिनाको सेमिफाइनल यात्रामा गोलकिपर एमिलियानो मार्टिनेज नायक बने ।

कप्तान लिओनल मेसीले पेनाल्टीमा गोल गर्न चुकेको खेलमा मार्टिनेजले दुई वटा पेनाल्टी बचाएपछि अर्जेन्टिना विजयी बनेको हो ।

त्यसअघि निर्धारित ९० मिनेटको खेल १– १ को बराबरीमा सकिएपछि खेलको नतिजा सिधै पेनाल्टी सुटआउटबाट भएको हो ।

३५औ मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । कप्तान लिओनल मेसीको कर्नरमा एलेक्सिस म्याक एलिस्टरले मिलाएको पासमा लिसान्ड्रोले गोल गरेका थिए ।

दोस्रो हाफको ६१औं मिनेटमा इनर भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्न नसक्दा इक्वेडरले बराबरी गर्ने मौका गुमायो । तर इक्वेडरले इन्जुरी टाइममा बराबरी गोल फर्कायो । इक्वेडरका केभिन रोड्रिगेजले बराबरी गोल गरेका थिए ।

पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एलेक्सिस म्याक एलिस्टर, नाहुल मोलिना र निकोलस ओटामेन्डीले गोल गरे ।अर्जेन्टिनाका कप्तान लिणनल मेसीले प्रहार गरेको पहिलो पेनाल्टी क्रस बारमा लागेको थियो ।

अर्जेन्टिनाका गोलकिपर मार्टिनजेले इक्वेडरका सुरुवाती दुई पेनाल्टी हानेका एन्जल मेना र एलान मिन्डाको प्रहार बचाएका थिए इक्वेडरका लागि जोन येबोअह र जोर्डी काइसेडोले मात्र पेनाल्टीमा गोल गरे । अर्जेन्टिनाले अब भेनेजुएला र क्यानडा बीचको विजेतासँग सेमिफाइनलमा खेल्नेछ ।

प्रकाशित मिति: शुक्रबार, २१ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.