विराटनगर । साविक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमीफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको पहिलो खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको हो ।
अर्जेन्टिनाको सेमिफाइनल यात्रामा गोलकिपर एमिलियानो मार्टिनेज नायक बने ।
कप्तान लिओनल मेसीले पेनाल्टीमा गोल गर्न चुकेको खेलमा मार्टिनेजले दुई वटा पेनाल्टी बचाएपछि अर्जेन्टिना विजयी बनेको हो ।
त्यसअघि निर्धारित ९० मिनेटको खेल १– १ को बराबरीमा सकिएपछि खेलको नतिजा सिधै पेनाल्टी सुटआउटबाट भएको हो ।
३५औ मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । कप्तान लिओनल मेसीको कर्नरमा एलेक्सिस म्याक एलिस्टरले मिलाएको पासमा लिसान्ड्रोले गोल गरेका थिए ।
दोस्रो हाफको ६१औं मिनेटमा इनर भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्न नसक्दा इक्वेडरले बराबरी गर्ने मौका गुमायो । तर इक्वेडरले इन्जुरी टाइममा बराबरी गोल फर्कायो । इक्वेडरका केभिन रोड्रिगेजले बराबरी गोल गरेका थिए ।
पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एलेक्सिस म्याक एलिस्टर, नाहुल मोलिना र निकोलस ओटामेन्डीले गोल गरे ।अर्जेन्टिनाका कप्तान लिणनल मेसीले प्रहार गरेको पहिलो पेनाल्टी क्रस बारमा लागेको थियो ।
अर्जेन्टिनाका गोलकिपर मार्टिनजेले इक्वेडरका सुरुवाती दुई पेनाल्टी हानेका एन्जल मेना र एलान मिन्डाको प्रहार बचाएका थिए इक्वेडरका लागि जोन येबोअह र जोर्डी काइसेडोले मात्र पेनाल्टीमा गोल गरे । अर्जेन्टिनाले अब भेनेजुएला र क्यानडा बीचको विजेतासँग सेमिफाइनलमा खेल्नेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,431)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,358)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,214)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)