विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको एसइई कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबलको उपाधि सहिद स्मृति माध्यमिक विद्यालयले जितेको छ ।
पोखरिया युथ केयर एकेडेमीले आयोजना गरेको प्रतियोगितामा सुनसरीको इटहरी–१९ मा रहेको सहिद स्मृति माविले विराटनगरको पोखरिया माविलाई १–० गोल अन्तरमा हराउँदै उपाधि जितेको हो ।
जितसँगै सहिद स्मृतिले २२ हजार २ सय २२ रुपैयाँका साथै शिल्ड प्राप्त गरेको छ । उपविजेता रहेको पोखरिया मालिे ११ हजार १ सय ११ रुपैयाँ प्राप्त ग¥यो ।
प्रतिस्पर्धात्मक खेलमा सहिद स्मृतिका युनिस चौधरीले गरे गोल निर्णायक बन्यो । प्रतियोगितामा मोरङ र सुनसरीका ४४ वटा निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक सहिद स्मृतिका सविन बिक, डिफेन्स विराटनगरको मोर्डनएरा स्कुल, मिडफिल्डर डनबस्को बोर्डिङ स्कुलका निकुश खतिवडा, स्टाइकर सहिद स्कृतिका युजिन चौधरी, सर्वाधिक गोलकर्ता पोखरिया माविका युनिस चौधरी र प्रशिक्षक सहिद स्मृतिका कोषराज दाहाल भए ।
अनुशासित टोलीको उपाधि युमी स्कुलले प्राप्त गर्यो । प्रतियोगितो सर्वोत्कृष्ट खेलाडी पोखरियाका अभिषेक कामत भए । उनले पुरस्कार वापत साइकल प्राप्त गरे ।
खेलाडीहरुलाई कोशी खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम), आयोजक संस्थका अध्यक्ष बिक्रम कार्की (विक्की), पूर्व वरिष्ठ फुटबल प्रशिक्षक सन्तोष बानियाँलगायतले पुरस्कार प्रदान गरे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,431)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,358)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,214)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)