सहिद स्मृतिले जित्यो एसइई कपको उपाधि

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको एसइई कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबलको उपाधि सहिद स्मृति माध्यमिक विद्यालयले जितेको छ ।

पोखरिया युथ केयर एकेडेमीले आयोजना गरेको प्रतियोगितामा सुनसरीको इटहरी–१९ मा रहेको सहिद स्मृति माविले विराटनगरको पोखरिया माविलाई १–० गोल अन्तरमा हराउँदै उपाधि जितेको हो ।

जितसँगै सहिद स्मृतिले २२ हजार २ सय २२ रुपैयाँका साथै शिल्ड प्राप्त गरेको छ । उपविजेता रहेको पोखरिया मालिे ११ हजार १ सय ११ रुपैयाँ प्राप्त ग¥यो ।

प्रतिस्पर्धात्मक खेलमा सहिद स्मृतिका युनिस चौधरीले गरे गोल निर्णायक बन्यो । प्रतियोगितामा मोरङ र सुनसरीका ४४ वटा निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक सहिद स्मृतिका सविन बिक, डिफेन्स विराटनगरको मोर्डनएरा स्कुल, मिडफिल्डर डनबस्को बोर्डिङ स्कुलका निकुश खतिवडा, स्टाइकर सहिद स्कृतिका युजिन चौधरी, सर्वाधिक गोलकर्ता पोखरिया माविका युनिस चौधरी र प्रशिक्षक सहिद स्मृतिका कोषराज दाहाल भए ।

अनुशासित टोलीको उपाधि युमी स्कुलले प्राप्त गर्यो । प्रतियोगितो सर्वोत्कृष्ट खेलाडी पोखरियाका अभिषेक कामत भए । उनले पुरस्कार वापत साइकल प्राप्त गरे ।

खेलाडीहरुलाई कोशी खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम), आयोजक संस्थका अध्यक्ष बिक्रम कार्की (विक्की), पूर्व वरिष्ठ फुटबल प्रशिक्षक सन्तोष बानियाँलगायतले पुरस्कार प्रदान गरे ।

प्रकाशित मिति: बिहिबार, २० असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.