विराटनगर । कोपा अमेरिका फुटबल २०२४ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान भएको समूह डी को अन्तिम दुई खेलपछि क्वाटरफाइनल समीकरण पूरा भएको हो ।
समूह ए बाट साविक विजेता अर्जेन्टिना र क्यानडा, समूह बी बाट भेनेजुएला र इक्वेडर, समूह सी बाट उरुग्वे र पानामा तथा समूह डी बाट कोलम्बिया र ब्राजिलले अन्तिम ८ मा स्थान बनाएका हुन् । समूह विजेता बनेका अर्जेन्टिना, भेनेजुएला र उरुग्वेले सबै तीन खेल जितेर शतप्रतिशत नतिजा निकालेका छन् ।
उपाधिका दुई दाबेदार टोलीहरू ब्राजिल र उरुग्वे यो पटक क्वाटरफाइनलमै भिड्ने भएका छन् । उरुग्वे अर्जेन्टिनासँगै संयुक्त रुपमा सर्वाधिक १५ पटकको उपाधि विजेता हो । ब्राजिलले ९ पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।
उरुग्वे जारी संस्करण उत्कृष्ट लयमा छ । ब्राजिलले भने औसत प्रदर्शन गरिरहेको छ ।
उरुग्वे र ब्राजिल बीचको अन्तिम क्वाटरफाइनल खेलको विजेताले कोलम्बिया र पानामाबीच हुने तेस्रो क्वाटरफाइनल खेलको विजेतासँग सेमिफाइनल खेल्नेछ ।
पहिलो क्वाटरफाइनलमा साविक विजेता अर्जेन्टिनाले इक्वेडसरसँग खेल्नेछ भने भेनेजुएला र पहिलो पटक कोपा खेलिरहेको क्यानडाबीच दोस्रो क्वाटरफाइनल हुनेछ ।
क्वाटरफाइनल खेल तालिका
जुलाई ५ बिहान ६ः४५ बजे
अर्जेन्टिना भर्सेस इक्वेडर,
जुलाई ६ बिहान ६ः४५ बजे
भेनेजुएला भर्सेस क्यानडा,
जुलाई ७ बिहान ३ः४५ बजे
कोलम्बिया भर्सेस पानामा
जुलाई ७ बिहान ६ः४५ बजे
उरुग्वे भर्सेस ब्राजिल
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)