भारतले विश्वकप जितेपछि राेहित र विराटकाे सन्यास घोषणा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । भारतले आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि जितेको छ । दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक उपाधि जितेको हो । यसअघि भारतले सन् २००७ मा उपाधि जितेको थियो ।

१७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनायो ।

विश्वकप जितेपछि भारतका दुई अनुभवी खेलाडीले सन्यास घोषणा गरेका छन् । कप्तान रोहित शर्मा र विराट कोहलीले सन्यास घोषणा गरेका हुन् ।

रोहितले टी २० आईबाट सन्न्यास लिएको घोषणा गरे । भारतलाई टी–२० विश्वकपको उपाधि जिताउन उनको कप्तानी र प्रदर्शन दुबैमा सानदार योगदान रह्यो । विश्वकप २०२४ मा उनले ८ खेलमा २५७ रन बनाएका थिए । रोहित टी–२० आई क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याटर हुन् ।

उनले १५९ टी–२० आई खेलमा ५ शतक र ३२ अर्धशतकसहित कुल ४ हजार २३१ रन बनाएका थिए । उनले सन् २००७ मा टी–२० आईमा इंग्ल्यान्डविरुद्ध डेब्यू गरेका थिए । भारतले २००७ मा टी–२० विश्वकप उपाधि जित्दा उनी टोलीको सदस्य थिए । उनको कप्तानीमा भारतले ६२ टी २० आई खेलमा ४९ मा जित र १२ खेलमा हार व्यहोरेको थियो ।

भारतलाई उपाधि जिताउन प्लेयर अफ द म्याच अवार्ड जित्दै विराट कोहलीले आफ्नो अन्तिम टी– २० आई खेल भएको बताएका थिए ।

३५ वर्षीय कोहलीले भारतबाट १२५ टी– २० आई खेलमा १ शतक र ३८ अर्धशतकसहित कुल ४ हजार १ सय ८८ रन बनाएका थिए ।

उनले सन् २०१० मा जिम्बावेविरुद्ध हरारेमा टी– २० आईमा भारतबाट डेब्यू गरेका थिए । उनी टी– २० आईमा सर्वाधिक ७ पटक प्लेयर अफ द सिरिज जित्ने खेलाडी हुन् ।

प्रकाशित मिति: आइतबार, १६ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.