विराटनगर । भारतले आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि जितेको छ । दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक उपाधि जितेको हो । यसअघि भारतले सन् २००७ मा उपाधि जितेको थियो ।
१७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनायो ।
विश्वकप जितेपछि भारतका दुई अनुभवी खेलाडीले सन्यास घोषणा गरेका छन् । कप्तान रोहित शर्मा र विराट कोहलीले सन्यास घोषणा गरेका हुन् ।
रोहितले टी २० आईबाट सन्न्यास लिएको घोषणा गरे । भारतलाई टी–२० विश्वकपको उपाधि जिताउन उनको कप्तानी र प्रदर्शन दुबैमा सानदार योगदान रह्यो । विश्वकप २०२४ मा उनले ८ खेलमा २५७ रन बनाएका थिए । रोहित टी–२० आई क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याटर हुन् ।
उनले १५९ टी–२० आई खेलमा ५ शतक र ३२ अर्धशतकसहित कुल ४ हजार २३१ रन बनाएका थिए । उनले सन् २००७ मा टी–२० आईमा इंग्ल्यान्डविरुद्ध डेब्यू गरेका थिए । भारतले २००७ मा टी–२० विश्वकप उपाधि जित्दा उनी टोलीको सदस्य थिए । उनको कप्तानीमा भारतले ६२ टी २० आई खेलमा ४९ मा जित र १२ खेलमा हार व्यहोरेको थियो ।
भारतलाई उपाधि जिताउन प्लेयर अफ द म्याच अवार्ड जित्दै विराट कोहलीले आफ्नो अन्तिम टी– २० आई खेल भएको बताएका थिए ।
३५ वर्षीय कोहलीले भारतबाट १२५ टी– २० आई खेलमा १ शतक र ३८ अर्धशतकसहित कुल ४ हजार १ सय ८८ रन बनाएका थिए ।
उनले सन् २०१० मा जिम्बावेविरुद्ध हरारेमा टी– २० आईमा भारतबाट डेब्यू गरेका थिए । उनी टी– २० आईमा सर्वाधिक ७ पटक प्लेयर अफ द सिरिज जित्ने खेलाडी हुन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,431)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,358)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,214)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)