विराटनगर । साविक विजेता इंग्ल्यान्डलाई पराजित गर्दै भारत आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ । सन् २०१४ पछि टी– २० विश्वकपको फाइनलमा स्थान बनाउने क्रममा भारतले इंग्ल्यान्डलाई ६८ रनले पराजित गरेको थियो ।
भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १६.४ ओभरमा १०३ रनमा अल आउट भयो । इंग्ल्यान्डका ह्यारी ब्रुकले १९ बलमा ३ चौकासहित सर्वाधिक २५ रन बनाए । कप्तान जस बटलरले १५ बलमा ४ चौकासहित २३ रन बनाए । जोफ्रा आर्चार १५ बलमा १ चौका र २ छक्कासहित २१ रन बनाए ।
भारतका स्पिनर अक्षर पटेलले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । जस्प्रित बुमराहले २।४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि गयानामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । भारतको जितमा कप्तान रोहित शर्माले ३९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५७ रन बनाए । सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्कासहित ४७ रन बनाए । दोस्रो विकेटका लागि सूर्य र रोहितले ५० बलमा ७३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । हार्दिक पान्ड्या १३ बलमा १ चौका र २ छक्कासहित २३, विराट कोहली ९, ऋषभ पन्त ४ र शिबम दुबे शून्यमा आउट भए । तल्लोक्रममा रविन्द्र जडेजाले १७ र अक्षर पटेलले १० रन बनाए ।
इंग्ल्यान्डका क्रिस जोर्डनले ३ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । रिस टोप्ली, जोफ्रा आर्चर, साम करन र आदिल राशिदले १–१ विकेट लिए ।
पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । दक्षिण अफ्रिका पहिलो पटक क्रिकेट विश्वकपको फाइनलमा पुगेको हो ।
फाइनल शनिबार हुनेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,360)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,113)