दश वर्षपछि भारत विश्वकपको फाइनलमा, उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्ने

Satya Sanchar सत्य सञ्चार

विराटनगर । साविक विजेता इंग्ल्यान्डलाई पराजित गर्दै भारत आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ । सन् २०१४ पछि टी– २० विश्वकपको फाइनलमा स्थान बनाउने क्रममा भारतले इंग्ल्यान्डलाई ६८ रनले पराजित गरेको थियो ।

भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १६.४ ओभरमा १०३ रनमा अल आउट भयो । इंग्ल्यान्डका ह्यारी ब्रुकले १९ बलमा ३ चौकासहित सर्वाधिक २५ रन बनाए । कप्तान जस बटलरले १५ बलमा ४ चौकासहित २३ रन बनाए । जोफ्रा आर्चार १५ बलमा १ चौका र २ छक्कासहित २१ रन बनाए ।

भारतका स्पिनर अक्षर पटेलले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । जस्प्रित बुमराहले २।४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि गयानामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । भारतको जितमा कप्तान रोहित शर्माले ३९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५७ रन बनाए । सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्कासहित ४७ रन बनाए । दोस्रो विकेटका लागि सूर्य र रोहितले ५० बलमा ७३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । हार्दिक पान्ड्या १३ बलमा १ चौका र २ छक्कासहित २३, विराट कोहली ९, ऋषभ पन्त ४ र शिबम दुबे शून्यमा आउट भए । तल्लोक्रममा रविन्द्र जडेजाले १७ र अक्षर पटेलले १० रन बनाए ।

इंग्ल्यान्डका क्रिस जोर्डनले ३ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । रिस टोप्ली, जोफ्रा आर्चर, साम करन र आदिल राशिदले १–१ विकेट लिए ।

पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । दक्षिण अफ्रिका पहिलो पटक क्रिकेट विश्वकपको फाइनलमा पुगेको हो ।

फाइनल शनिबार हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, १४ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.