विश्वकप सेमिफाइनल : भारत र इंग्ल्यान्डको खेलमा वर्षा डर

Satya Sanchar सत्य सञ्चार

विराटनगर । टी–२० विश्वकपको फाइनल प्रवेशका लागि आज भारत र इंग्ल्यान्ड भिड्दैछन् । नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुने खेलमा वर्षा बाधक हुने सम्भावना छ ।

वर्षाका कारण खेल नभए भारतीय टोली सुपर–८ राउन्डमा समूहको शीर्ष स्थानमा रहेको आधारमा फाइनल पुग्नेछ । दक्षिण अफ्रिका अफगानिस्तानलाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ । आजको बिजेताले उपाधिका लागि दक्षिण अफ्रिकासँग जुन २९ मा खेल्नेछ ।

आज ७० प्रतिशत वर्षा हुने सम्भावना छ । रिजर्भ डे नभएका कारण आजको खेल नभए भारत स्वत फाइनल पुग्नेछ ।

सेमिफाइनलका लागि रिजर्भ डे नहुने भए पनि खेलका लागि २५० मिनेटको अतिरिक्त समय दिइएको छ । त्यसैले बेलाबेलामा वर्षा रोकिन थाल्यो भने खेल कुनै न कुनै रूपमा टुङ्गिन सक्छ ।

भारत र इंग्ल्यान्डको खेल गुयानाको स्थानीय समय अनुसार बिहान १०ः३० बजे सुरु हुनेछ । यदि पानी पर्न थाल्यो भने, आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलमा डीएलएस विधिका लागि कम्तीमा १०–१० ओभरको खेल हुनेछ ।

टी–२० विश्वकपमा समूह र सुपर–८ चरणका ५२ खेल भएका छन् । जसमध्ये ८ खेल वर्षाले प्रभावित भएका थिए ।  डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड र स्कटल्याण्डबिचको खेल पनि वर्षाका कारण अनिर्णीत बनेको थियो । भारत र क्यानडाबिचको समूह खेल वर्षाका कारण रद्द भएको थियो ।

प्रकाशित मिति: बिहिबार, १३ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.