विश्वकप सेमिफाइनल : भारत र इंग्ल्यान्डको खेलमा वर्षा डर

Satya Sanchar सत्य सञ्चार

विराटनगर । टी–२० विश्वकपको फाइनल प्रवेशका लागि आज भारत र इंग्ल्यान्ड भिड्दैछन् । नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुने खेलमा वर्षा बाधक हुने सम्भावना छ ।

वर्षाका कारण खेल नभए भारतीय टोली सुपर–८ राउन्डमा समूहको शीर्ष स्थानमा रहेको आधारमा फाइनल पुग्नेछ । दक्षिण अफ्रिका अफगानिस्तानलाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ । आजको बिजेताले उपाधिका लागि दक्षिण अफ्रिकासँग जुन २९ मा खेल्नेछ ।

आज ७० प्रतिशत वर्षा हुने सम्भावना छ । रिजर्भ डे नभएका कारण आजको खेल नभए भारत स्वत फाइनल पुग्नेछ ।

सेमिफाइनलका लागि रिजर्भ डे नहुने भए पनि खेलका लागि २५० मिनेटको अतिरिक्त समय दिइएको छ । त्यसैले बेलाबेलामा वर्षा रोकिन थाल्यो भने खेल कुनै न कुनै रूपमा टुङ्गिन सक्छ ।

भारत र इंग्ल्यान्डको खेल गुयानाको स्थानीय समय अनुसार बिहान १०ः३० बजे सुरु हुनेछ । यदि पानी पर्न थाल्यो भने, आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलमा डीएलएस विधिका लागि कम्तीमा १०–१० ओभरको खेल हुनेछ ।

टी–२० विश्वकपमा समूह र सुपर–८ चरणका ५२ खेल भएका छन् । जसमध्ये ८ खेल वर्षाले प्रभावित भएका थिए ।  डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड र स्कटल्याण्डबिचको खेल पनि वर्षाका कारण अनिर्णीत बनेको थियो । भारत र क्यानडाबिचको समूह खेल वर्षाका कारण रद्द भएको थियो ।

प्रकाशित मिति: बिहिबार, १३ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.