विराटनगर । कोशी प्रदेशका दुई उपमहानगरपालिका मध्ये सुनसरीको धरान उपमहानगरपालिकाको बजेट रोकिएको छ । इटहरी उपमहानगरपालिकाले भने प्रक्रिया नपुयाई बलजफ्ती आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेको छ ।
आगामी आर्थिक वर्ष २०८१–८२ का लागि धरानको बजेट सार्वजनिक गर्न सोमबार सैनिक भवनमा मञ्च तयार गरिएको थियो । तर बजेटमा कुरा नमिलेपछि नगरसभा बस्न सकेन् । धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्रविक्रम बेघा पालिका प्रमुख हर्क साम्पाङका कारण नगरसभा रोकिएको बताउँछन् । मेयरले प्रक्रिया नपुर्याइ अघि बढ्न खोजेको उनले बताए ।
‘बजेट अब प्रमुखज्यूले कहिले ल्याउनुहुन्छ त्यहीले आउँछ,’ उनले भने,‘ पहिलो कुरा बजेटको अंक तोकिएको छैन, ब्रेक डाउन भएको छैन, नीति तथा कार्यक्रममा छलफल भएको छैन,घोषणा गरेर मात्रै हुन्छ र ?’
उनका अनुसार प्रमुख जिम्मेवार ढंगबाट प्रस्तुत नभएका कारण बजेट अड्किएको हो । ‘उहाँले जहिले बजेट ल्याउने भनेपनि प्रक्रिया पुरा गरेर ल्याउनुपर्छ, हाम्रो असहमति छैन,’ उनले भने,‘ विधि र प्रक्रिया पुरा नगरी आएका कारण नगरसभा हुन सकेन, कसैको ढिट र हटले नगरसभा हुँदैन ।’ बेघाका अनुसार मेयर हर्क साम्पाङले लचकता नअपनाउँदा उद्घाटनको तयारी भएको नगरसभा बस्न सकेन् ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले स्रोत तथा सीमा निर्धारण समितिको बैठक राखेका छैनन । विषयगत समितिको बैठक पनि नबसेको उपमेयर बेघाले बताए ।
इटहरी उपमहानगरपालिकाले भने बहुमत सदस्यको अनुपस्थीतिमा सोमबार राति बजेट ल्याएको छ । प्रक्रिया नपुर्याएका कारण एमालेबाट निर्वाचित जनप्रतिनिधि अनुपस्थीति भएपछि मेयर हेमकर्ण पौडेलले ३ अर्ब ५७ करोड ५० हजारको बजेट प्रस्तुत गरेका थिए । उनले नगरसभामा पेश गरेको बजेटमा चालु तर्फ १ अर्ब ४१ करोड ३७ हजार, पूँजीगत तर्फ २ अर्ब १५ करोड ६० लाख १३ हजार विनियोजन गरेका छन् ।
इटहरी वडा नम्बर ३ का वडा अध्यक्ष उमेश सुवेदीका अनुसार कार्यपालिकाबाट पास नगरी मेयर पौडेलले बलजफ्ती बजेट प्रस्तुत गरेका हुन् । ‘राजस्व अनुमान समितिले अनुमान दियो, मेयरको संयोजकत्वमा रहेको स्रोत तथा सीमा निर्धारण समितिले निर्णय गर्न सकेन, नसकेपछि कार्यपालिकामा जाने कुरा भएन्,’ उनले भने,‘कार्यपालिकाको बैठक नै बसेन, कार्यपालिकामा बैठकमा नलगी मेयर एक्कासी सभामा बजेट लैजाने प्रयास गरे, हामी केही समय विरोध गरेर घर लाग्यौं, उहाँहरुले राति बजेट ल्याउनुभएछ ।’
उनका अनुसार प्रस्तुत बजेटको अनुमान अस्वभाविक छ । ‘हामीले ५६ करोड आन्तरिक आम्दानीको अनुमान गरेर ३ अर्ब १० करोडको बजेट प्रस्तुत गर्नुपर्छ भनेका थियौं, तर उहाँ मान्नुभएन,उनले भने,‘
कार्यपालिकामा पनि पेश नभएपछि नगरसभामा बस्न उपयुक्त भएन् ।’ इटहरीमा नेकपा एमाले जनप्रतिनिधिको बहुमत छ, मेयर पौडेलले अल्पमतमा बजेट सार्वजनिक गरेका हुन् । वडा अध्यक्ष सुवेदीका अनुसार पालिकाको आन्तरिक आम्दानी ५६ करोडको अनुमान राजस्व समितिले दिएको थियो । तर मेयर पौडेलले बजेटको अंक बढाउनका लागि ९६ करोडको अनुमान प्रस्तुत गरे । आन्तरिक आम्दानी बढी राखेका कारण इटहरीको बजेट विराटनगर महानगरपालिकाको भन्दा धेरै छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,441)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,350)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,220)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)