विराटनगर । क्यानडाको फ्रेन्चाइज प्रतियोगिता ‘ग्लोबल टी–२० लिग’ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले खेल्ने भएका छन् । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग–स्पिनर सन्दीप लामिछानेले ‘ग्लोबल टी–२० लिग’ खेल्ने भएका हुन् ।
क्यानडाको ‘ग्लोबल टी–२० लिग’ मा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी एउटै टोलीमा छन् । उनीहरूलाई भ्यानकुभर नाइट्सले आबद्ध गरेको छ । कप्तान रोहित पौडेलललाई टोरन्टो नेशल्सले लिएको छ । सन्दीप र दीपेन्द्रले यसअघि पनि क्यानेडाको ‘ग्लोबल टी–२० लिग’ खेलिसकेका छन् ।
सन् २०२३ को संस्करणमा दीपेन्द्र मोन्ट्रियल टाइडर्समा आबद्ध थिए । त्यो सिजनको उपाधि पनि दीपेन्द्रकै क्लबले जितेको थियो । कप्तान रोहितले पहिलो पटक विदेशी फ्रेन्चाइज लिग क्रिकेट खेल्न लागेका हुन् । ‘ग्लोबल टी–२० लिग’ जुलाई २५ तारिखदेखि सुरु हुनेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)