कोपा अमेरिकामा उरुग्वेको विजयी सुरुवात

Satya Sanchar सत्य सञ्चार

विराटनगर । उरुग्वेले अमेरिकामा जारी कोपा अमेरिका २०२४ मा विजयी सुरुआत गरेको छ । समूह सी अन्तर्गत मायामीस्थित हार्क रक स्टेडियममा भएको खेलमा उरुग्वेले पानामालाई ३– १ ले पराजित गरेको हो ।

उरुग्वेका लागि म्याक्सिमिलयानो अराउजोले १६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । डार्विन नुनेजले ८५औं मिनेटमा गोल गर्दै उरुग्वेको अग्रता दोब्बर पारे ।

इन्जुरी टाइमको पहिलो मिनेटमा मातिएस भिनाले गोल गरेपछि उरुग्वेले ३– ० को अग्रता बनाएको थियो ।

पानामाका लागि माइकल मुरिल्लोले इन्जुरी टाइमको पाँचौ मिनेटमा सान्त्वना गोल फर्काए । उरुग्वेले अब बोलिभियासँग खेल्नेछ भने पानामाले अमेरिकासँग खेल्नेछ ।

प्रकाशित मिति: सोमबार, १० असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.