जीवन विकास सामुदायिक अस्पतालमा न्यूरो सर्जरी सेवा सुरु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास सामुदायिक अस्पतालले न्यूरो सर्जरी सेवा सुरु गरेको छ ।

माेरङकाे कटहरी गाउँपालिका– २ हल्दीबारीमा रहेको जीवन विकास सामुदायिक अस्पतालले विशेषज्ञ चिकित्सक मार्फत न्यूरो सर्जरी सेवा सुरु गरेको हो ।

बंगलादेशबाट अध्ययन पूरा गरी फर्किएका न्यूरो सर्जन डाक्टर विवेक गौरव सिंहले न्यूरो सर्जरी सेवा प्रदान गरिरहेका छन् ।

जीवन विकासले सुलभदरमा विशेषज्ञ चिकित्सकमार्फत आँखा, नाक कान घाटी, हाडजोर्नी, स्त्री तथा प्रसूति, बाल रोग,जनरल सर्जरी, जनरल मेडिसिनलगायत सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, २७ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.