अमेरिकी आक्रमणमा मारिए इरानी सर्वाेच्च नेता, देशमा ४० दिन शाेक

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएको छ । इरानका सरकारी टेलिभिजनले सर्वोच्च नेता खामेनी मारिएको बताएकाे हाे ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनी मारिएको दाबी गरेका थिए । यद्यपि इरानी अधिकारीहरूले भने उनी सुरक्षित नै रहेको बताउँदै आएका थिए ।

आइतबार बिहान इरानी अधिकारीहरूले पनि उनको मृत्यु भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ ।

सर्वोच्च नेता खामेनीको मृत्युपछि इरानमा ४० दिने सार्वजनिक शोक घोषणा भएको पनि रोटर्सले लेखेको छ ।

शनिबार बिहान अमेरिका र इसराइलले संयुक्त रूपमा इरानमा हमला गरेको थियो । राजधानी तेहरानस्थित सर्वोच्च नेता खामेनीको घरनजिकै विस्फोटका ठूला आवाज सुनिएको र धुवाँका मुस्लो देखिएको थियो ।

खामेनीको निवाससँगै अन्य भवनहरूमा पनि क्षति भएको भिडिओ र तस्बिर सार्वजनिक भएका थिए ।

प्रकाशित मिति: आइतबार, १७ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.