घरमै होली मनाउन आग्रह

Satya Sanchar सत्य सञ्चार
विराटनगर । यस वर्षको होली पर्व निर्वाचनको मौन अवधिसँगै परेकाले स्थानीय प्रशासनले विशेष सतर्कता अपनाएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै प्रशासनले सार्वजनिक स्थलमा होली नमनाउन र घरपरिसरभित्रै सीमित रहेर पर्व मनाउन आग्रह गरेको छ ।
निर्वाचन आचारसंहिता पालना गराउन मदिरा बिक्रीमा प्रतिबन्ध लगाइएको छ भने राजनीतिक सन्देश अंकित टिसर्ट र सामग्रीहरू जफत गरिएको छ ।
निर्वाचनलाई स्वच्छ र भयमुक्त बनाउन सामूहिक भोज, सांस्कृतिक कार्यक्रम र भीडभाडजन्य गतिविधिमा रोक लगाउँदै देशभरको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय माेरङले जनाएकाे छ ।

प्रकाशित मिति: सोमबार, १८ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.