निर्वाचनको दिन माैसम सफा रहने

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन फागुन २१ गते देशभरको मौसम सफा रहने पूर्वानुमान छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशको हिमाली भूभागमा फाट्टफुट्ट वर्षा र हिमपातको सम्भावना छ । पहाडमा आंशिक बादल लाग्नेछ । तराईमा मौसम सफा हुनेछ ।

मधेस प्रदेशमा मौसम सफा हुनेछ । बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराईमा मुख्यतया मौसम सफा हुनेछ ।

गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । तराईमा मौसम सफा हुनेछ ।  लुम्बिनी प्रदेशको मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।  कर्णाली प्रदेशको मौसम पनि सफा रहने विभागले प्रस्ट पारेको छ ।

सुदूरपश्चिम प्रदेशको मौसम पनि मुख्यतया सफा रहने पूर्वानुमान रहेको निर्वाचन विशेष बुलेटिन जारी गर्दै विभागले बताएको छ ।

प्रकाशित मिति: सोमबार, १८ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.