विराटनगर । सेवा प्रवाहका लागि खरिद गरेका करोडौं मुल्य बराबरको उपकरण बिगिएका कारण कोशी प्रदेश सरकार मातहत रहेका सरकारी अस्पतालको सेवा अस्तव्यस्त बनेको छ ।
प्रदेश मातहतका ९ वटा जिल्ला अस्पतालमा करोडौं मुल्य पर्ने अधिकांश उपकरण बिगिएका छन् । बिगिएका उपकरण मर्मतका लागि चासो दिइएको छेन । स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तीको चरम अभाव छ । विशेषज्ञ चिकित्सकको अधिकांश दरबन्दी खाली छ ।
स्वास्थ्य मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिरहेका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईका अनुसार झापा, सोलुखुम्बु, उदयपुर, खोटाङ, पाँचथर, तेह्रथुम, संखुवासभा, ओखलढुंगा जिल्ला अस्पताल र मदन भण्डारी ट्रमा सेन्टर मंगलबारे मोरङका रहेको अधिकांश उपकरण बिग्रिएका छन् ।
उपकरण विग्रिएका कारण ती अस्पतालबाट विरामी निजीमा रेफर हुन्छन् । मन्त्री राईका अनुसार अस्पतालमा रहेका केही उपकरण चलाउने जनशक्तीको अभाव छ ।
जिल्ला तहका अस्पतालमा अक्सिजन कन्सक्टरदेखि इसिजी, एक्स–रे, अप्रेशन टेबल, युएसजीलगायत अस्पतालमा सेवा प्रवाहका लागि न्यूनतम आवश्यक रहेका अधिकांश उपकरण बिग्रिएको मन्त्री राईले जानकारी दिए । ‘जिल्ला तहका अस्पतालमा धेरै मेसिन बिग्रिएको अवस्थामा पाइयो, यसलाई मर्मत गर्न मिल्ने छ भने मर्मत गरेर सञ्चालन गर्नुपर्छ,’ मन्त्रालयको अवस्थाको विवरण सार्वजनिक गर्दै मन्त्री राईले भने, ‘अस्पतालबाट जनताले सेवा पाउने गरी काम गर्नुपर्छ ।’
चिकित्सकको अधिकांश दरबन्दी खाली
कोशी प्रदेशको सरकारी स्वास्थ्य क्षेत्रको अर्काे ठूलो समस्या जनशक्ती अभाव हो । प्रदेशमा दक्ष जनशक्तीको अभाव छ ।
स्वास्थ्य मन्त्रालय मातहत ११ औं तहका ५ दरबन्दी छन् तर सबै रिक्त छन् । ९ र १० औं तहको बरिष्ट कन्सलटेन्ट अब्सट्रेटिसियन एण्ड गाइनोकोलोजिष्ट र वरिष्ठ कन्सलटेन्ट पेडियाट्रिसियनको दरबन्दी ६–६ जनाको छ । ती दरबन्दी पनि सबै रिक्त छन् ।
बरिष्ट कन्सलटेन्ट सर्जनको ६, जनरल फिजिसियनको ६, वरिष्ट कन्सलटेन्ट साइक्याट्रिकको ५ वटा दरबन्दी छ । मन्त्रालयका अनुसार ती सबै दरबन्दी खाली छन् । वरिष्ट कन्सलटेन्ट एनेस्थेसियोलोजिष्टको ५ दरबन्दी भए पनि एक जनामात्रै कार्यरत छन् ।
प्याथोलोजी, इएनटी सर्जन, डर्माटोलोजिष्ट, मेडिकल जनरलिष्ट, डेन्टल सर्जनको १–१ दरबन्दी भएपनि पदपुर्ति हुन सकेको छैन, सबै खाली छन् । अर्थापेडिक्स सर्जनको ५, मेडिकल सुपरीटेन्डेन्टको १० को दरबन्दी मध्ये सबै रिक्त छ । कन्सलटेन्ट रेडियोलोजिष्टको पाँच वटा दरबन्दी मध्ये ४ पद रिक्त छ ।
मेडिकल ल्याब टेक्नोलोजिष्टको ५, ल्याब टेक्निसियनको २१, स्टाफ नर्सको ८०, हेल्थ असिष्टेन्टको ३६, ल्याब असिष्टेन्टको १४, अनमीको ४६ र अहेबको २४ दरबन्दी रिक्त छ । रिक्त रहेका दरबन्दीमा प्रदेश लोकसेवा मार्फत तत्काल पदपूर्ति प्रक्रिया अघि बढाउने मन्त्री राईले बताए ।
‘अधिकांश प्राविधिक दरबन्दी भएपनि जनशक्ति छैन,’ मन्त्री राईले भने, ‘पदपूर्तिको प्रक्रिया अघि बढ्छ, लोकसेवा मार्फत पदपूर्ति गर्ने तयारी गर्दैछाैं ।’
पदपूर्ति भएपछि सेवा प्रवाह सहज हुने उनले बताए ।


सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,540)
जीवन विकासले बोलायो साधारणसभा (1,488)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,453)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,407)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,357)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,266)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (708)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (676)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (667)