विराटनगर । पहाडी जिल्ला धनकुटाको महालक्ष्मी नगरपालिका– ९ मुर्तिढुंगाका कृष्णबहादुर विश्वकर्मा रोजगारीका लागि भारत हुँदै मलेसियासम्म पुगे ।
रोजगारीको खोजीमा भौतारिएका उनी चार वर्षयता धनकुटाको हिले बजारमा भेटिन्छन् । पर्यटकिय क्षेत्र हिलेमा पुग्ने पाहुनालाई काठको सामग्री कोशेलीको रुपमा पठाउँछन् ।
काठको सामान बनाउने उनको पुर्खौली पेशा हो । हजुरबुबा, बुबा र दाजुहरुले काठको ठेकीलगायत सामग्री बनाउने काम गरे । बनाएका सामग्री गाउँगाउँ डुलेर बिक्री गर्थे । कृष्णबहादुर सिङ्गो रुख खरिद गरेर सामग्री बनाएर बेच्छन् । उनले काठको सामान बिक्रीका लागि हिले बजारमा कोशेली घर खोलेका छन् ।
व्यावसायीक रुपमा काम गर्नका लागि कृष्णबहादुरले चार वर्षअघि उद्योग दर्ता गरेका थिए । दुई वर्ष देखि धनकुटा नगरपालिका– १ हिले बजारमा ‘धनकुटा कोशेली घर एण्ड पञ्चकन्या घरेलु ठेकी तोङ्बा उद्योग’ सञ्चालन गरिरहेका हुन् । कोशेली घरमा काठका हस्तकलाका सामाग्री राखेका छन् ।
यो कामका लागि उनले ७–८ जनालाई रोजगारी दिएका छन् । उनले आफुले उत्पादन गरेको सामग्री देश–विदेश पठाउँछन् ।
पुर्खौली पेसाको व्यापारका लागि कृष्णबहादुरले नयाँ प्रविधि अपनाएका छन् । फेसबुक टिकटकजस्ता सामाजिक सञ्जालबाट प्रचार गर्छन्, अर्डर अनुसारको सामान पठाउँछन् । व्यवसायबाट उनले राम्रो आम्दानी गरिरहेका छन् । विदेश जाने सोच पनि त्यागेका छन् ।
कृष्णबहादुरलाई व्यवसाय सञ्चालनका लागि जीवन विकास लघुवित्त वित्तीय संस्थाले सहयोग गरिरहेको छ । एक लाखबाट सुरु गरेको व्यवसायलाई उनले २५ लाख हाराहारीको बनाएका छन् । व्यवसाय सुरु गर्दा ऋण सहयोग गरेको जीवन विकासले विस्तारमा पनि सहयोग गरेको छ । लोप हुँदै गएको पेसा संरक्षणका गर्दै नयाँपुस्तालाई समेत हस्तकला सिकाइरहेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,152)
जीवन विकासले बोलायो साधारणसभा (1,078)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,065)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (998)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (967)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (872)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (442)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (332)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (283)